Trending:

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता रियलमीको जिटी ६ टि नेपालमा सार्वजनिक द एआई पोट्रेट होनोर २०० मा विशेष अफरको घोषणा टेस्लाले आगामी वर्षदेखि ह्युमनोइड रोबोट बनाउने अचल सम्पत्ति नहुनेको पनि कर्जामा पहुँच हुन्छ : अर्थमन्त्री पौडेल ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै ह्वाट्सएपमा लगातार नयाँ-नयाँ फिचर ‘आईएमई पे’ र ‘एडुसन्जाल’ बीच पेमेन्ट पार्टनरशिप सम्झौता इशान हस्पिटलमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई विशेष छुट प्रमोकोड ‘फोन पे डाइरेक्ट’ प्रयोग गरेर आइफोन १५ प्रो जित्न सकिने आईटी प्रणालीमा देखा परेको समस्या शनिवारबाट सुधार हुँदै डिशहोमको ‘माईडिशहोम’ एप फेरि सार्वजनिक राजविराजमा सिसी क्यामरा जडान निर्माण व्यवसायीको भुक्तान रोकिएको रकम तत्काल उपलब्ध हुने-अर्थमन्त्री पौडेल कर्जाको पुनर्तालिकीकरण गर्न अर्थमन्त्रीसँग नेपाल चेम्बर अफ कमर्सको माग टेलिकमको मनसुन अफर, ल्यायो नयाँ भ्वाइस र डेटा प्याक एनसेलकाे वायरफ्री प्लस सेवामा नयाँ अफर, अल्टिमा ग्याजेट निःशुल्क पाइने ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी, उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता सूचना प्रविधि पढेका तथा पढ्न चाहनेका लागि भोलि ‘आईटी मेला’ आयोजना हुँदै, यसरी बन्नहोस् सहभागी ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागको आग्रह प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली
अपडेट

क्रिप्टोकरेन्सी कारोबारीले प्रयोग गर्ने ३० उपकरण विमानस्थलबाटै बरामद !

१२ माघ २०७८, बुधबार २२:१९

क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ कारोबार नगर्न, नगराउन बैंकर्स संघले आग्रह गरेको थियो। नेपालभित्र बस्ने नेपाली र विदेशीले मात्र नभई विदेशमा बस्ने नेपालीले पनि त्यस्तो कारोबार गर्न नहुने स्पष्ट पारेको थियो तर नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारीले प्रयोग गर्ने ३० वटा विद्युतीय उपकरण बरामद भएको छ ।

क्रिप्टोकरेन्सीको पासवर्डलाई सुरक्षित राख्ने प्रायोजनमा समेत प्रयोग हुने उपकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा बरामद भएको हो । सो उपकरणको नाम ‘डिजिटल वालेट’ रहेको जानकारी आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङबाट आएका ती सामग्रीप्रति शंका लागेपछि विमानस्थल भन्सार कार्यालयले परीक्षणका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाएको थियो । ब्यूरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार, बरामद गरिएको सामग्री क्रिप्टोकरेन्सी कारोबार गर्नेले पनि प्रयोग गर्छन् भन्ने कुरा खुलासा भएको छ।

क्रिप्टोकरेन्सी कारोबार र यस्ता उपकरणलाई गैर कानुनी मानिने भएकाले गर्दा तेस्लाई नष्ट गर्ने प्रक्रिया सुरु गरेको  डीआईजी बताउनु भएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको सामग्री कम्प्युटरमा भएका अन्य फाइल वा पासवर्डहरुलाई लुकाउन पनि प्रयोग गर्न सकिने जनाइएको छ । डीआईजीका अनुसार क्रिटोकरेन्सीको डिटेल लुकाउन पनि प्रयोग हुने गरेको यो सामग्री नेपालमा किन ल्याइएको थियो भन्ने कुरा अहिले सम्म स्पष्ट भइसकेको छैन ।

यो सामग्री बिदेशमा बस्ने व्यक्तिले अनलाइनमार्फत खरिद गरेर नेपाल पठाएको अधिकृतहरुले बताएका छन् । त्यस्ता उपकरण तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकलाइ प्रचलित कानुन बमोजिम कारबाही हुने सूचना प्रकाशन गरिएको छ । तर बरामद गरिएका उपकरणहरु हालसम्म प्रयोग भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?