Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

आवेदनदेखि स्वीकृति अनलाइनबाटै लिने मार्गदर्शन बनाउँदै राष्ट्र बैंक !

आवेदनदेखि स्वीकृति अनलाइनबाटै लिने मार्गदर्शन बनाउँदै राष्ट्र बैंक !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

अहिले कोभिड-१९को  महामारीले शिक्षकहरूलाई भर्चुअल शिक्षाको लागि टेक्नोलोजीमा भर पर्न र धेरैजसो व्यवसायहरुलाइ डिजिटल माध्यमबाट संचालन गर्न बाध्य तुल्यायो । यस संगै नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट कर्जा लिन सक्ने व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भौतिकरुपमा उपस्थित नभई सानातिना कर्जा घरमै बसेर डिजिटल माध्यमबाटै लिन सकिने व्यवस्था गर्न लागेको हो ।

सानातिना कर्जा लिन बैंकमै जानुपर्ने झण्झण्टलाई मुक्त गर्न यो व्यवस्थाले सहयोग गर्ने भएकाले गर्दा , सो मार्गदर्शन बनेर कार्यान्वयनमा आएपछि अनलाइनबाटै कर्जा लिन सकिने छ । खातावालाहरुलाई सानातिना कर्जा माग गर्नका लागि बैंक तथा वित्तीय संस्थामा पुग्नुपर्ने बाध्यता हटाउनका लागि यस्तो अभ्यास अघि सारेको हो । जसका लागि राष्ट्र बैंकले अभ्यास गरिरहेको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा डिजिटल रुपमा ऋण प्रवाह गर्नका लागि डिजिटल कर्जा मार्गदर्शन तर्जुमा गर्ने उल्लेख गरेको थियो । राष्ट्र बैंकका भुक्तानी व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले यहि आर्थिक वर्षभित्रमा मार्गदर्शन तयार पार्ने गरी काम थालनी गरिएता पनि कोभिडको कारणले गर्दा अलिकति ढिलाइ भइरहेको बताएका छन् । यो आर्थिक वर्षभित्रै ल्याउने राष्ट्र बैंकको तयारी रहेको निर्देशक पौडेलले जानकारी समेत दिएका छन् ।

अन्र्तराष्ट्रिय रुपमा बैंकिङ प्रणालीमा भइरहेका अभ्यासलाई आत्मसाथ गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा यस्तो व्यवस्था ल्याउन खोजिएको हो । संसारभर यस्ता खालका नया व्यवस्था निर्माण भइरहेको छन् । नेपालमा पनि डिजिटलका कार्ड, क्यूआर कोड प्रदाली ल्याइएको छ र यीसँगै डिजिटल लेण्डिङ्को पनि कुरा गर्न सकियो भने डिजिटल माध्यमबाट हुने कामहरुलाई सबै क्षेत्र तिर लैजान सकिन्छ ।

डिजिटल कर्जा मार्गदर्शन बनेपछि बैंकमा  खाता भएका खातावालहरुले बैंक तथा वित्तीय संस्थामा भौतिक रुपमा उपस्थित नभई कर्जाको लागि अनलाइनबाट आवेदन दिन सक्नेछन् र  घरमै बसेर बैंकसँग सम्पर्क गरि सानोतिनो खालका कर्जाहरु लिन सक्नेछन् ।

अहिले सानोतिनो कर्जाका लागि बैंकमा जानुपर्ने झण्झण्ट छ । बैंकमा जानुपर्ने झण्झटहरुलाई कम गर्ने र सोबाट मुक्त हुनका लागि यस्तो व्यवस्था लागू गर्न खोजिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?