विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा मेगा बैंकले क्यूआर कोड प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । मेगा बैंकले एक विज्ञप्ति जारी गर्दै यो सुविधाले यात्रुलाई नगद भाडा तिर्नको झन्झटबाट राहत दिने विश्वास लिएको छ ।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्रसँग आबद्ध भएका सबै ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरेर यो सेवाको शुभारम्भ गर्नु भएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । यो सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै भाडा तिर्नुपर्ने झन्झटमा अल्झिनु नपर्ने भएको छ ।
एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्र प्रालिसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पुर्याउने उद्देश्य लिएको छ ।