Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
टेक्नोलोजी

अब आफैंले रोजेर गाडी लिन सकिने ‘सजिलो रेन्टल’

अब आफैंले रोजेर गाडी लिन सकिने ‘सजिलो रेन्टल’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

नेपालमा सार्वजनिक सवारी साधनको समस्या त छँदै छ , ट्याक्सी स्ट्यान्डमा आइपुग्दा ब्याक र प्यासेन्जर लुछाचुँडी गर्ने चालकहरुको हर्कत देखेर जो कोहि वाक्कै हुन्छ। नेपालमा कुनै व्यक्तिलाई आफ्नो परिवार तथा इस्टमित्रहरुसँग कतै घुम्न जान पर्यो र गाडी रिजर्भ गर्नुपर्र्यो भने अल्लमल्ल पर्छन् । कता जाने, कसलाई भन्ने दुविधा हुन्छ, र येस्तो अवस्था र झन्झटबाट मुक्त हुनका लागि सजिलो रेन्टल प्लेटफर्म विकास गरिएको हो ।

लामो समयको अध्ययन, अवलोकन तथा विमर्शपछि अर्जुनले आफ्ना भाइ प्रज्ज्वल फुयाँलसँग मिलेर ‘सजिलो रेन्टल’ नामको नयाँ भेन्चर स्थापना गरेका छन् ।  एक वर्षदेखि परियोजना सुरु गरे पनि प्रविधि तथा अन्य पाटोलाई व्यवस्थित गर्दै लैजाने क्रममा अहिले आएर एप सार्वजनिक गरेको संस्थापक अर्जुनले बताएका छन् ।

वास्तवमा सजिलो रेन्टल कार भाडामा लिने एउटा अनलाइन प्लेटफर्म हो । जहाँ कुनै पनि व्यक्तिले आफूलाई मन परेको गन्तव्यमा आफैंले रोजेर गाडी बुक गर्न सक्छन् भने गाडी भएको व्यक्ति वा संस्थाले पनि गाडी भाडामा लगाउन सिस्टममा आफ्नो गाडीलाई ‘अनबोर्ड’ गर्न सक्छन् । एप सार्वजनिक भएको एक महिनामै यसलाई एक सयभन्दा धेरैले इन्स्टल गरिसकेका छन् ।यसबाट कम्तीमा मान्छेहरुले ‘लगइन’ गरेर आफूलाई चाहिने उपयुक्त गाडी आफैंले भाडामा लिन सक्छन् ।

हेर्दा पठाओ वा टुटलजस्तो लागे पनि सजिलो रेन्टलको सेवा र व्यवसायको मोडल एकदमै फरक रहेको छ। ४ घण्टाभन्दा बढी, एक दिन वा महिनाभरि काठमाडौं उपत्यका वा नेपालभरि घुम्न जाँदा सजिलो रेन्टल एपबाट गाडी बुक गर्न सकिन्छ ।यसरी लामो समयका लागि गाडी भाडामा लिँदा सुरक्षाका कुराहरु पनि अति नै महत्वपूर्ण हुन्छन् ।

यात्रुहरुको सुरक्षा सरोकारलाई पनि सजिलो रेन्टलले राम्रोसँग सम्बोधन गरेको छ । वास्तवमा कुनै पनि सवारी चालकले सजिलो रेन्टलमा आफ्नो सेवा वा गाडी ‘अनबोर्ड’ गर्नुअघि सजिलो रेन्टलका कर्मचारीहरुले चालकको सम्पूर्ण कागजात, ट्राफिक हिस्ट्री, लाइसेन्सलाई प्रमाणीकरण गरेर मात्र अनुमोदन गर्दछन् ।

साथै कुनै यात्रुले सजिलो रेन्टलबाट गाडी बुक गरेर यात्रा गरेपछि यात्राको अनुभव, सुविधा र सहजताका बारेमा आफ्नो धारणा लेखेर, चालकलाई रेटिङ दिने साथै अन्य यात्रुका लागि सिफारिससमेत गर्न सक्ने सुविधा रहेको छ ।

सजिलो रेन्टलमा भएको यो फिचरले यात्रुलाई पनि सेवा तथा यात्राप्रति विश्वस्त बनाउने र चालकलाई थप जिम्मेवार बनाउछ । प्लेटफर्ममा गाडी आउनुअघि चालकको लाइसेन्स, गाडीको बिमालगायतका सम्पूर्ण कागजातहरु चालकले अपलोड गर्नुपर्छ । ती सम्पूर्ण कुराहरु कर्मचारीहरुले भेरिफाई गर्छन् र क्राइटेरिया पूरा गरेको गाडी मात्र सेवाका लागि पर्योग गरिन्छ ।

यसैगरी सवारी चालकको हकमा पनि सजिलो रेन्टलले ठूलो फाइदा पुर्याउने उनको विश्वास छ । परम्परागत रेन्टल सेवामा गाडी चालकहरुले मनपरी भाडा तय गर्ने परम्परा छ । यसमा पनि केही परिवर्तन ल्याउन र चोकचोकमा बसेर यात्रु तान्नुपर्ने बाध्यताबाट चालकहरुले पनि मुक्ति पाउने बताईएको छ ।

चालकहरुले आफूलाई सही लागेको भाडा प्लेटफर्ममा आफैं निर्धारण गर्नुका साथै ग्राहकले आफूलाई मन परेको ठाउँमा जान उपयुक्त भाडा लिने गाडी चयन गर्न सक्छन् । गाडी भाडामा चालक र यात्रु दुवै नठगिनको लागि वैज्ञानिक तरिकाबाट तय गर्ने ‘एल्गोरिदम’ अहिले टिमले विकास गरिरहेको समेत उनले जानकारी दिएका छन् ।

सजिलो रेन्टलले सेवा सुरु गरेको एक महिना मात्र भएता पनि धेरैजना यात्रुहरुबाट एकदमै सकारात्मक प्रतिक्रिया आइरहेको छ । तर, सेवा नयाँ भएका कारण अहिले सजिलो रेन्टलसँग गाडीको पर्याप्त ‘इन्भेन्ट्री’ छैन । पोखरा तथा धनगढीमा पनि आफ्नो ‘इन्भेन्ट्री’ जोड्दै जाने र केही समयभित्र देशका सातै प्रदेशमा गाडीहरुलाई प्लेटफर्ममा ल्याएर सेवा विस्तार गर्ने योजना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?