© 2021-2024
अब मोटोरोला एज ३० प्रो भारत र संसारभर फेब्रुअरीको केहि साता भित्रै लन्च हुन सक्ने जनाइएको छ तर हालसम्म लन्च गरिने मिति थाहा भैसकेको छैन । स्मार्टफोनको मुख्य स्पेसिफिकेशन र डिजाइन गत हप्ता देखाइएको थियो । यो मोटोरोला एज एक्स ३० को रिब्रान्डेड संस्करण हो जुन गत महिना चीनमा लन्च गरिएको थियो ।
स्मार्टफोन क्वालकमको स्न्यापड्रागन ८ गेन १ एसओसी द्वारा संचालित हुने जनाइएको छ । यद्यपि, मोटोरोला एज ३० प्रोको डिजाइन मोटोरोला एज एक्स३० भन्दा अलि फरक रहेको कम्पनीले बताएको छ।
एक रिपोर्टका अनुसार, मोटोरोलाले मोटोरोला एज ३० प्रो स्मार्टफोनलाई फेब्रुअरीमा विश्वव्यापी र भारतीय बजारमा लन्च गर्ने योजना बनाएको छ। रिपोर्टले यो पनि भन्छ कि यो फोन चीनमा भन्दा फरक मोनिकर अन्तर्गत देशमा बेच्न सकिन्छ जहाँ यसले मोटो एज एक्स३० को रूपमा डेब्यू गरेको थियो।
मोटोरोला एज ३० प्रो रिब्रान्डेड मोटो एज एक्स ३० संस्करण हुन सक्नेछ । यद्यपि, मोटोरोला एज ३० प्रोको डिजाइन अलि फरक भएको दाबी गरिएको छ। यद्यपि मोटोरोलाले यो स्मार्टफोन कहिले आउँछ भनेर यकिन मिति उल्लेख गरेको छैन । केही समयअघि लिक भएको एक पोस्टर याे सिरिज फेब्रुअरी मा सार्वजनिक हुने तालिका छ ।
मोटोरोला एज ३० प्रो कस्तो छ त ?
मोटोरोला एज ३० प्रो साँच्चै मोटो एज एक्स ३० को रिब्रान्डेड संस्करण हो भने, दुबै फोनका स्पेसिफिकेशनहरू धेरै समान हुने दाबी गरिएको छ । मोटोरोला एज ३० प्रोमा ११४ हेर्त्ज़ रिफ्रेस रेट र एह्दिअर १० समर्थनको साथ ६ .७ इन्चको फुल एहडि पोलेड डिस्प्ले रहेको छ । यो स्मार्टफोन क्वालकमको स्न्यापड्रागन ८ गेन १ एसओसी द्वारा सञ्चालित हुने अनुमान छ ।
मोटोरोला एज ३० प्रोमा ५० मेगापिक्सेलको प्राथमिक सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल सेन्सर र २ मेगापिक्सेलको डेप्थ सेन्सरसहितको ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ । त्यहाँ ६० मेगापिक्सेल सेल्फी क्यामेरा हुन सक्ने जानकारी दिइएको छ । मोटोरोला एज ३० प्रोमा ६८ वाटको फास्ट चार्जिङसहित ५००० एमएएचको ब्याट्री हुने चर्चा छ ।