© 2021-2024
टिकटकले युनेस्को र विश्व यहूदी कांग्रेस (WJC) सँगको साझेदारीमा आफ्नो प्लेटफर्ममा होलोकास्ट अस्वीकार विरुद्ध लड्न नयाँ उपायहरू ल्याएको छ। होलोकास्टसँग सम्बन्धित शब्दहरू खोज्ने प्रयोगकर्ताहरूलाई सही जानकारी तर्फ निर्देशित समेत गरिने भएको छ।
हालै भाइरल भएको भिडियो एपमा होलोकास्टसँग सम्बन्धित कुल १७% सामग्रीले घटनाहरूलाई अस्वीकार वा विकृत गरेको, युनेस्कोले बताएको छ । तर टिकटकले घृणा हटाउन आफ्नो “पूर्ण शक्ति” लगाएको बताएको छ।
होलोकास्ट स्मरण दिवशमा बोल्दै, टिकटकले भन्यो कि जब मानिसहरूले होलोकास्टसँग सम्बन्धित शब्द खोज्छन् तब तिनीहरूले परिणाम पृष्ठको शीर्षमा एउटा ब्यानर देख्नेछन् जसले तिनीहरूलाई विश्व यहूदी कांग्रेस र युनेस्को वेबसाइट aboutholocaust.org मा जनाको लागि थप प्रेरित गर्दछ।
टिकटकले यो पनि भन्यो कि भविष्यमा यसले होलोकास्टको बारेमा छलफल गर्ने कुनै पनि भिडियोको तल स्थायी ब्यानर थप्ने छ, जसले प्रयोगकर्ताहरूलाई आधिकारिक जानकारीको लागि निर्देशित गर्ने सजिलो हुने छ । केही ह्यासट्यागहरूले मानिसहरूलाई सही जानकारीको लागि निर्देशित गर्नेछन् । यति प्रयोगकर्ताहरुले होलोकास्ट सम्बंदित ह्यासट्याग प्रयोग गरे भने उनीहरुले वेबसाइट देख्न सक्ने छन् ।
टिकटकको समावेशी वातावरणसँग घृणापूर्ण व्यवहार असंगत छ । हालै टिकटक हाम्रो समुदायलाई शिक्षित गर्न पर्योगमा आइराखेको छ । टिकटकको शक्ति प्रयोग गर्दै घृणामुक्त ठाउँ राख्नको लागि आफ्नो पूर्ण शक्ति लगाउन जारी राख्नु पर्ने देखिएको छ ।
विश्व यहूदी कांग्रेसका अध्यक्ष रोनाल्ड लाउडरले नयाँ उपायहरूलाई स्वागत गर्दै टिकटक युवा दर्शकहरूमा पुग्ने क्षमताको लागि परिचित रहेको र तिनीहरूमध्ये धेरैलाई होलोकास्टको भयावहताको बारेमा अनजान छ, र विशेष गरी गलत जानकारीको लागि संवेदनशील रहेको बताएका छन् ।