१२ मंसिर २०७९, सोमबार

Logo

नेपाली समाजमा सामाजिक सञ्जालको महत्त्व र बढ्दो चुनौती !



केही समययता देखि नेपाली समाजमा फेसबुक, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सञ्जालहरूको प्रयोग उग्र रूपमा बढ्दै गएको पाइन्छ तर कति प्रतिशत प्रयोगकर्ताहरूले यसको सही सदुपयोग गरेका होलान् त ?

सामाजिक सञ्जाल विशेषतः सूचना तथा सञ्चार को माध्यमको रूपमा चिनिन्छ यसको अलावा मनोरञ्जन र कला साहित्य प्रदर्शनी तथा प्रकाश सपुतको पिर गीतमा भनेजस्तो पिर बिसाउने चौतारीको रूपमा समेत प्रयोग हुने गरेको पाइन्छ।

संसारको जुनसुकै कुनामा हुने गरेका घटनाहरू बारे सहजै थाहा पाउन र भौतिक  दुरीका आधारमा टाढा रहेका आफ्ना आफ़न्तजनहरु सँग माया र सद्भाव साटासाट गर्न पनि सञ्जालको प्रयोग गरिन्छ। त्यति मात्रै हैन कसैलाई दुख पर्दा सहयोग र सहानुभूतिका लागि पनि नेपाली समाजमा सञ्जालले महत्त्वपूर्ण भूमिका खेलेको छ, धुर्मुस सुन्तली फाउन्डेसनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डोनेसन को कार्यक्रम देखि राष्ट्रिय आविष्कार केन्द्रमा सहयोग गर्ने लगायतका उत्कृष्ट क्रियाकलापहरू पनि यसै प्लेटफर्म बाट हुने गरेका छन्। कला साहित्यमा कलम चलाउने हरूलाई पनि सञ्जालले मनग्य टेवा पुर्‍याएको छ यसबाटै उनीहरू आफ्नो कला श्रोता तथा दर्शक सामु पुर्‍याएर माया बटुल्ने गरेका छन्। त्यसै गरी अध्ययन तथा अनुसन्धानमा लाग्नेहरूका लागि त झनै तथ्यको खानि साबित भएका छन् युट्युब तथा क्योरा जस्ता सञ्जालहरू।

सञ्जालले यस्ता विविध क्षेत्र बाहेक राजनीतिक क्षेत्रमा झनै वर्चस्व कायम गरेको छ, सरकारी कदमहरूको समर्थन वा विरोध सबैभन्दा पहिला सञ्जाल बाटै सुरु हुने गरेका छन्। एक सर्वसाधारणले आफूलाई मन नपरेको कुरा खुलेर कमेन्ट वा पोस्ट गरेर दबाब दिन सक्ने अवसर सञ्जालले प्रदान गरेको कुरा नकार्न सकिँदैन, सर्वसाधारण मात्रै हैन संसद्मै पहुँच भएका सांसद, मन्त्री, प्रधानमन्त्री तथा राजनीतिक विश्लेषकहरूले समेत सञ्जाललाई नै आफ्नो पहिलो हतियार बनाएको पाइन्छ।

घाटा पनि होलान् त सञ्जालका ?

संसारका सबै खाले चिजहरूको गुण अवगुण दुवै हुन्छन् तर कुनलाई प्राथमिकतामा राख्ने भन्ने कन्ट्रोल हामीहरूमै हुन्छ। सामाजिक सञ्जालले मानिसको गोपनीयता त उदाङ्गो पारेको छ नै यसकै माध्यमबाट चोरी डकैती र लुटपाटका काण्डहरू पनि बढ्दो सङ्ख्यामा छन्। फेसबुक तथा इन्स्टाग्राम जस्ता संजालाहरुमा फेक आइडी बनाएर ठग्ने, ब्लाकमेल गर्ने जस्ता काण्डहरू त आजका दिनमा कयौँ भेटिन थालेका छन्।  सञ्जालमै भुल्ने रहरमा एउटी आमाले आफ्ना बच्चाको स्याहार सुसार गर्न भुलेकी छिन, एउटा बाबुले आफ्ना बच्चाको हेरचाह गर्न भुलेका छन्। त्यति मात्रै हैन  आजकाल किशोर किशोरीहरू पढ्ने र भौतिक खेलहरू खेलेर स्वस्थ रहनुपर्ने उमेरमा अपरिचित व्याक्तिहरुसंगको च्याटिङ्ग र फ्री फाएर पब्जी जस्ता खेलहरूमा अस्वाभाविक रूपमा झुलेर आफ्नो सामाजिक दायित्व समेत भुल्न थालिसकेका छन्।

सानो देखि ठुलो उमेर समूहका मानिसहरू सामाजिक सञ्जालकै कारण परिवारमा समय बिताउन छोडिसकेका छन्, उनीहरू सञ्जालमै घोरिइरहने र असामाजिक बन्दै जाने प्रचलन बढ्दो छ जुन आपत्तिजनक कुरा हो। अझ किशोर किशोरीहरू त असामाजिक मात्रै बनेका छैनन् कहिल्यै नचिनेका नदेखेका मानिसहरू सँगको छोटो चिनजान र कुराकानीमै आफूहरू नाङ्गिन तयार हुने गरेका छन् जसले गर्दा ब्ल्याकमेलिङ, ठगी र आत्महत्याको सङ्ख्या ह्वात्तै बढेको छ।

कोभिडका कारण अझ बढेको सञ्जाल प्रयोगकर्ताको उक्त सङ्ख्यामा बुद्धिमानी तथा विवेकी प्रयोगकर्ताहरूको सङ्ख्या भने एकदमै न्यून छ।  रमाइलो र ख्याल ठट्टामा रमाउन बानी परेका हामी आफूले प्रयोग गरेका शब्दहरूले अरूलाई मानसिक तथा भावनात्मक रूपमा कत्तिको चोट पुर्‍याउँछ विचारै नगरी उग्र रूपमा विरोध वा समर्थनमा उत्रिन्छौ यसको ज्वलन्त उदाहरण हो अहिले चल्दै गरेको पल समीक्षा काण्ड।

राजनैतिक दाउपेचका कारण ठुला मानिने बुज्रुक व्यक्तिहरूले समेत संजालामै आफ्नो मर्यादाको ख्यालै नराखी अपाच्य शब्दहरू प्रयोग गर्ने गरेका छन् जसका कारण समाजमा जातीय, धार्मिक तथा लैङ्गिक कलह उत्पन्नको खतरा बढेको छ। खाउन्जेल मिलेर खाने र गर्ने बेलामा एकर्कामा दोषारोपण गरेर बस्ने देशको राजनैतिक परम्पराले सञ्जाल ढपक्कै ढाकेको छ।  राजनैतिक व्यक्तित्व मात्रै हैन देशका पब्लिक फिगरहरु समेत मर्यादामा नबस्दा उनीहरूका अनुयायीहरूमा नराम्रो छाप परेको छ।

तसर्थ समाजमा अवस्थित विभिन्न प्रकारका मुद्दाहरूमा सञ्जालको एकदमै महत्त्वपूर्ण भूमिका रहन्छ यसको दुरुपयोगले मानिसलाई मानसिक, शारीरिक तथा भावनात्मक पिँडा दिन्छ भने सही सदुपयोग गर्न सके यसैले विश्वव्यापी ज्ञान प्रदान गर्नुका साथै मानिसलाई विचार बहसको माध्यमबाट एक असल र जिम्मेवार नागरिक बनाउन पनि मद्दत गर्नेछ, के गर्ने छनोट तपाईँको हो।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन