Trending:

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागको आग्रह प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री
अपडेट

फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक गिरावट !

२१ माघ २०७८, शुक्रबार ०९:२१

आफ्नो इतिहासको १८ वर्षमा पहिलो पटक, फेसबुकमा दैनिक सक्रिय प्रयोगकर्ताको कुल संख्यामा गिरावट आएको छ।

सन् २००४ मा अहिलेको लोकप्रिय सामाजिक सञ्जाल स्थापना भएको थियो। अमेरिकाबाट सुरु भएको यो सामाजिक सञ्जाल विश्वभर फैलिएको छ । फेसबुकको सुरुवातदेखि नै प्रयोगकर्ताको संख्या बढेको देख्न सकिन्छ ।  फेसबुकले २०१२ मा पहिलो पटक एक अर्ब मासिक सक्रिय प्रयोगकर्ताहरू पार गरेको थियो भने पाँच वर्ष भित्र फेसबुकमा दुई अर्ब प्रयोगकर्ताहरू पुगेका थिए ।

खासगरी नेपालजस्ता धेरै विकासोन्मुख देशमा फेसबुक प्रयोगकर्ताको ग्राफ लगातार बढिरहेको छ । ती १८ वर्षमा फेसबुकले विरलै केही गुमाएको जानकारी रहेको छ । यसले उत्कृष्ट सामाजिक सञ्जाल प्लेटफर्महरूमा आफूलाई कायम राख्न विभिन्न तरिकाहरू प्रयोग गर्दै आएको थियो। तर भर्खरै एउटा तथ्यले फेसबुकलाई धक्का दिएको छ ।

फेसबुकको  कम्पनी मेटाको रिपोर्ट अनुसार २०२१ को चौथो त्रैमासिकमा दैनिक सक्रिय प्रयोगकर्ता १.९२ बिलियनमा झरेको छ। तेस्तै तेस्रो त्रैमासिकको अन्त्यसम्म, त्यहाँ १.९३ बिलियन दैनिक सक्रिय प्रयोगकर्ताहरू थिए।

फेसबुकले टिकटक र युट्युब जस्ता प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गरिरहेको छ । बजारमा आक्रामक रुपमा कारोबार गरिरहेको शर्ट भिडियो सेयरिङ एप टिकटकले फेसबुकमा निरन्तर धकेलिरहेको छ ।

मेटाका सीईओ मार्क जुकरबर्गले युवा प्रयोगकर्ताहरू अन्य प्लेटफर्ममा सर्दा फेसबुक प्रभावित भएको बताएका छन्। अर्कोतर्फ, फेसबुकको स्वामित्वमा रहेको मेटाको आम्दानी पनि घट्ने अपेक्षा समेत गरिएको छ। पछिल्लो संकेत अनुसार फेसबुकमा विज्ञापनदाताहरूले अब लागत कटौती गरिरहेका छन्।

गुगल पछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन नेटवर्क सञ्चालन गर्ने मेटाले एप्पलको अपरेटिङ सिस्टमको गोपनीयता परिमार्जनबाट पनि प्रभावित भएको दाबी गरेको छ । यो परिवर्तनले ब्रान्डहरूलाई फेसबुक र इन्स्टाग्राममा विज्ञापन गर्न गाह्रो बनाउँदै गरेको एक रिपोर्टले बताएको छ ।

हाल, मेटाको समग्र राजस्व बढेर $३३.६७ बिलियन पुगेको छ, जुन बजारको अपेक्षाभन्दा अलि बढी छ।  बीबीसीले रिपोर्ट गरे अनुसार टिकटक पहिले नै धेरै ठूलो प्रतिस्पर्धी भएको र यो एकदम छिटो दरमा बढ्ने जारी रहेको छ । १८ वर्षमा पहिलो पटक टिकटिकका कारण फेसबुक प्रयोगकर्ताको संख्यामा कमी देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?