Trending:

सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा बुटवलपछि काठमाडौंमा पनि खुल्यो करेन्ट प्वाइन्ट, अब नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाइन इनड्राइभद्वारा काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न
इन्टरनेट

सामाजिक संजालमा आफ्नो गोपनीयता कसरि सुरक्षित राख्ने ?

सामाजिक संजालमा आफ्नो गोपनीयता कसरि सुरक्षित राख्ने ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

सामाजिक सञ्जाल जस्तै: फेसबुक, ट्विटर, इन्स्टाग्राम आदी, हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छन् । कुनै त्यस्तो दिन छैन जहाँ सामाजिक सञ्जाल बाट टाढा भएर बस्न सकेका छौँ । किनकि त्यहीँ सञ्जाल ले आफू देखि टाढा रहेका परिवार, साथीभाइहरू सँग नजिकै भएको आभास दिलाउँछ । त्यति मात्र नभएर कहाँ के भइरहेको छ भनेर छिन छिनको खबर थाहा पाउन सकिन्छ ।

यी र यस्ता फाइदाजनक कुराहरू हुँदा हुँदै पनि कहिले काहीँ त्यहीँ सञ्जाल हाम्रो लागि समस्या पनि बन्न सक्छ । हामी बुझेर होस् या नबुझेर हाम्रो निजी जानकारी सामाजिक सञ्जालमा राख्ने गर्छौँ जसले गर्दा अन्य मानिसहरूले यसको गलत फाइदा उठाउने गर्दछन् र तपाईँलाई त्यसको सिकार बनाइ नोक्सान पुर्‍याउन सम्म सक्दछन् ।

त्यसैले यी र यस्ता नोक्सानीहरू  बाट बच्नलाई तपाइले सावधानी अपनाउनु पर्ने हुन्छ । त्यति मात्र नभएर सामाजिक सञ्जाल मा के गर्न हुने के गर्न नहुने  भन्ने विषयमा म आज केही जानकारी दिँदै छु ।

सामाजिक सञ्जालमा कसरी सुरक्षित हुने?

१. प्रयोगकर्ता सर्तहरू पढ्नुहोस्

हामीहरू जानीजानी सुरुमै एउटा गल्ती गर्ने गर्छौ । हामी मात्र हैन संसारका ९० प्रतिशत मान्छेहरूले पनि सोही गल्ती गर्छन्, त्यो हो टर्म्स एन्ड कन्डिसन अर्थात् प्रयोगकर्ताको लागि सर्तहरू र प्राइभेसी पोसिली नपढेर कुनै पनि वेबसाइटमा खाता खोल्ने । प्रायजसो सबै सामाजिक सञ्जाल मा अर्थात् खाता खोल्नु पर्ने वेबसाइटहरूमा प्रयोगकर्ता सर्तहरू राखिएको हुन्छ र त्यहाँ लेखिएको हुन्छ तपाइको डेटा कुन कामको लागि प्रयोग गरिन्छ या गरिँदैन भनेर । त्यसैले कुनै पनि वेबसाइटमा खाता खोल्नु पूर्व एक पटक पढेर मात्र चेक गरी खाता खोल्दा केहि हदसम्म सुरक्षित भइन्छ ।

२. सामाजिक सञ्जालका फिचरहरू हेर्नुहोस्

कुनै पनि वेबसाइटमा खाता खोलिसकेपछि त्यहाँ भएका फिचरहरू अवलोकन गर्नुहोस् । जस्तैः तपाईँलाई कसले कसले हेर्न सक्छ, तपाइले गरेको पोस्ट, कमेन्टहरू कसले हेर्न सक्ने नसक्ने अथवा कसले गर्न सक्छ, तपाइलाई कसले म्यासेज पठाउन सक्छ, तपाइको डिटेल कसले पढ्न सक्छ, आदी! यति हेर्नुभयो र तपाई त्यसमा कम्फर्ट हुनुभयो भने मात्र अगाडी बढ्नुहोस् नत्र नबढ्नुहोस् ।

३. प्राइभेसी सेटिंग मिलाउनुहोस्

यो एकदमै महत्त्वपूर्ण पोइन्ट हो । किनकि तपाइको प्राइभेसी अर्थात् गोपनीयता कत्तिको सुरक्षित राख्ने नराख्ने भन्ने कुरा यहाँबाट मिलाउन सकिन्छ । प्रायजसो सामाजिक सञ्जालमा यो सुविधा हुने गर्दछ र तपाई आफै मिलाउन सक्नुहुन्छ । प्राइभेसी सेटिंग मिलाउँदा सकभर आफ्नो निजी गोपनीयता पब्लिक नगर्नुहोला ।

४. बायोग्राफिकल  इन्फरमेसन

बायोग्राफिकल  इन्फरमेसन, जस्तैः तपाईँको आफ्नो रियल नाम, जन्म मिति, ठेगाना, आदी कुराहरू नराख्नुहोस् । किनकि यस्ता सूचनाहरू मात्र पनि कुनै बेला साइबर क्रिमिनलहरुको लागि पर्याप्त हुनसक्छ जसले  गर्दा तपाइलाई हानि पुर्याउन  सक्छन् ।

५. एकाउन्ट इन्फरमेसन

संवेदनशील जानकारीहरू जस्तैः नजिकैको स्कुलहरू, राजनीतिक संलग्नता, बैङ्क खाता जानकारी, पूर्व वा हालको कार्यस्थल, सामाजिक सुरक्षा नम्बर, वा सामान्य रुचिहरू, आदी सामाजिक सञ्जालमा कहिल्यै प्रदान नगर्नुहोस् । किनकि यो जानकारीले तपाइलाई  हानी गर्न सक्छ, त्यति मात्र नभएर तपाइको रुचि अनुसारको अनावश्यक विज्ञापन पठाई दिक्क बनाउन सक्छ ।

६. साथी र सम्पर्क लिस्ट

अपरिचित मानिसहरूको फ्रेन्ड रिक्वेस्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र साथीको लिस्टमा  राख्नु बुद्धिमानी हुनेछ । यदि असेप्ट गर्नै पर्नेछ भने उसको प्रोफाइल हेरेर उसको बारेमा रिसर्च गरेर मात्र असेप्ट गर्नुहोला ।

७. आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्

फेसबुकमा तपाईँ आफ्नो लोकेसन कहिले पनि ट्याग नगर्नुहोस् । यदि  तपाइलाई कसैले पछ्याइरहेको छ भने उसको लागि त्यो जानकारी फाइदाजनक हुन सक्छ जसले गर्दा तपाइले नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ ।

८. तस्बिर राख्दा ख्याल गर्नुहोस्

सामाजिक सञ्जालमा तस्बिर राख्दा सधैँ दुइपटक सोचेर मात्र राख्नुहोस् र आफ्नो परिवार को तस्बिरहरू सकभर नराख्नुहोस्  यस्तो गर्दा तपाईँले आफ्नो दुस्मनहरूलाई पनि आफ्नो परिवारसम्म पुर्‍याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

९. क्लिक बिट लाई बेवास्ता गर्नुहोस्

फेसबुकमा कहिलेकाहीँ ट्रेन्ड चलेको हुन्छ नि, तपाई यति बर्समा यस्तो देखिनुहुन्छ, तपाई यो सेलिब्रिटी जस्तो देखिनुभयो, तपाइको गर्लफ्रेन्ड/बोयफ्रेन्ड यो, आदी भनेर । त्यस्तो बनाउने थर्ड पार्टी एप्लिकेसनहरुको जिम्मेवारी त्यस्ता सामाजिक सञ्जालले लिंदैनन । यदि सामाजिक सञ्जालको मद्दतले त्यस्ता एप्लिकेसनहरुमा लगइन गर्नुभयो भने ती एप्लिकेसनहरु ले तपाइको डेटा माग्छन् र त्यसको दुरुपयोग गर्न सक्छन् । त्यसैले त्यस्ता ट्रेन्डको पछि नलाग्नुहोस् ।

१०. कुनै पनि सामाजिक सञ्जाल बाट अरू वेबसाइटमा लग इन नगर्नुहोस्

हामी मानिस एकदमै अल्छी प्राणी हौँ । जहाँ पनि सजिलो र छिटो तरिका खोज्छौ । जस्तैः कुनै पनि वेबसाइटमा खाता खोल्नु पर्‍यो भने र यदि त्यहाँ लग इन विथ फेसबुक, गुगल आदी देख्नुभयो भने क्लिक गरिहाल्छौ र भित्र छिरिहाल्छौ । त्यसो गर्दा तपाईँले फेसबुक, गुगलमा प्रयोग गरिरहेको इमेल को दुरुपयोग हुनसक्छ र त्यसले तपाइलाई नोक्सानी सम्म गर्न सक्छ ।

११. एप्लिकेसन अथवा सिस्टम सधैँ अपडेट गर्नुहोस्

हामी चलाइरहेको स्मार्टफोनमा कुनै पनि एपहरूले अपडेट माग्यो भने अपडेट नगरी बसिदिन्छौ अथवा पुरानै भर्जनको एपहरू चलाइरहेका हुन्छौँ । जसले गर्दा तपाई ह्याक हुन पनि सक्नुहुन्छ । किनकि ह्याकरहरू ले पुरानो एपहरूमा सजिलै बगहरु पत्ता लगाएर तपाइको एकाउन्ट सम्म छिर्न सक्छन् । त्यसैले जहिले पनि सिस्टमलाई अथवा एपहरूलाई अप टु डेट राख्नुहोस् ।

१२. सार्वजनिक वाई-फाई प्रयोग नगर्नुहोस्

सुन्दा अचम्म लाग्न सक्छ तर सार्वजनिक ठाउँमा राखिएको वाइफाई कनेक्ट गर्नुभयो र सामाजिक सञ्जाल अथवा अन्य केही कुरा खोज्नुभयो भने त्यो कुराको जानकारी सम्बन्धित निकायले हेरिरहेको हुन सक्छ । त्यति मात्र नभएर तपाईँको लोकेसन पनि सजिलै ट्र्याक हुन सक्छ । त्यसैले सार्वजनिक वाइफाई प्रयोग नगर्नुहोस् र गर्नै परेमा भिपीएन को प्रयोग गरेर गर्नुहोस्।

१३. नियमित प्रयोग हुने इमेलबाट सामाजिक सञ्जाल लग इन नगर्नुहोस्

यदि तपाईँले नियमित प्रयोग गरिरहेको इमेलबाट सामाजिक सञ्जालको खाता खोल्नुभयो भने ह्याकरहरू त्यो इमेलको सहयोगले तपाइको सामाजिक सञ्जाल सम्म पुग्न सक्छन् । त्यसैले सामाजिक सञ्जालको लागि एउटा छुट्टै र नियमित प्रयोग गर्नको लागि अर्को इमेल बनाउनुहोस् ।

अन्तमा यी कुराहरू पनि एकदम ख्याल गर्नुहोला ।

  • जहाँ पनि बलियो पासवर्ड राख्नुहोस् र महिना/महिनामा मा परिबर्तन गरी राख्नुहोस्
  • फरक फरक एकाउन्टमा फरक फरक पासवर्ड राख्नुहोस्
  • साथीको अथवा आफ्नो भन्दा अरूको डिभाइसमा सामाजिक सञ्जाल नखोल्नुहोस्
  • जथाभाबी लिङ्कहरू क्लिक नगर्नुहोस्
  • २ फ्याक्टर प्रमाणीकरण राख्नुहोस्
  • संवेदनशील कुराहरू सेर नगरौँ र अरूलाई नि नपठाऔँ

निकट भविष्यमा सामाजिक सञ्जाल आफैले आफ्नो प्रयोगकर्ताहरूको लागि उनको गोपनीयताको सुरक्षा गर्नु पर्ने हुन सक्छ र त्यो बिस्तारै लागु पनि भइरहेको छ । तर त्यो भन्दा पहिले नै आफू सुरक्षित बन्न जरुरी छ ।  त्यसको लागि माथिका कुराहरूलाई मनन गर्दै आफ्नो जिन्दगीमा लागु गर्नुहोस् । डिजिटल दुनियाँमा सुरक्षित हुनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?