Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

CG नेटको भुक्तानी प्रणाली पान पसल भन्दा झुर !

CG नेटको भुक्तानी प्रणाली पान पसल भन्दा झुर !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

समयको बेग सँगै देश डिजिटल बन्दै गइरहेको छ । विभिन्न डिजिटल वालेट र मोबाइल बैंकिंगहरुले प्राय: सबैजसो भुक्तानी प्रणालीलाई अनलाइन गरिसके ।

आजको दिनमा कुनै एउटा सानो पान पसल तथा किराना पसलहरूले समेत QR देखि मोबाइल बैंकिंगको माध्यमबाट छिटो र सरल तरिकाले कारोबार गरिरहेका छन्। इन्टरनेट सेवा प्रदायकहरूले पनि डिजिटल भुक्तानीको प्रणाली एडप्ट नगरेका भने हैनन्, प्रायजसो सेवा प्रदायकहरूले सेवा रकम डिजिटल रूपमै लिने र छिटो र सरल तरिकाले सेवा पनि प्रदान गरिरहेका छन् ।

CG नेटको कस्तो छ कारोबार?

CG नेटले पनि पछिल्लो समय आफ्नो सेवा विस्तारलाई ध्यानमा राख्दै विभिन्न ठाउँहरूमा इन्टरनेट जडान गर्दै आइरहेको छ । तर, आफ्ना ग्राहकहरूको गुनासो भने रत्तिभर सुन्ने गरेको पाइँदैन ।

बिल भुक्तानी गरिसकेपछि पनि इन्टरनेट नपाइने र फोन गर्दा पनि स्क्रिनशट देखि स्टेटमेन्ट माग्ने झन्झट त छंदै छ आफ्नो सिस्टमकै कमजोरी हुँदा पनि २४ घण्टा सम्म पनि एक्स्टेण्ड गरिदिँदैन।

भुक्तानी गरिसकेर फोन गर्दा समेत भाइबर, मेलमा स्क्रिनशट, स्टेटमेन्ट लगायतका झन्झटिला काम लाउने र फोन गर्दा पनि समयमा नउठ्ने र उठेपछि पनि केहि समयमा हुन्छ भन्ने, केहिसमयमा काम नभएर सम्पर्क गर्दा पुनः स्क्रिनशट, स्टेटमेन्ट पठाउन लगाएर दुख दिने गरेको एक उपभोक्ताले टेककागजलाई बताए ।

एक उपभोक्ता भन्छन् “मेरो कार्यालयमा CG नेट छ, एकछिन नेट नहुँदा हाम्रो कामनै रोकिन्छ । बिल भुक्तानी गरिसकेर फोन गर्दा प्राविधिकले उठाउनुहुन्छ र स्क्रिनशट तथा स्टेटमेन्ट माग्नुहुन्छ, पठाएर फोन गर्दा फेरी अर्कै प्राविधिकले उठाउनुहुन्छ र फेरी त्यही कुराहरू दोहोर्याएर सोध्नुहुन्छ। पटक पटक यस्ता झन्झटिला दुख पाइसकेपछि पनि गुणस्तरीय सेवा नपाउँदा नराम्रो लाग्छ। ”

 

के यस्तै प्रकारको ग्राहक सेवाले CG नेटको बिस्तारमा सहयोग गर्ला त ? नेट जोड्दाको सस्तो सेवा मात्रै उपभोक्ताको आवश्यकता हो त ?

सामान्य खुद्रा पसलदेखि सेवा प्रदायकहरू यति एड्भान्स भईसके कि भुक्तानीको जानकारी तत्कालै पाउँछन र सेवा, सामाग्रीहरु उपलब्ध गराउँछन् । तर, इन्टरनेट सेवामा प्रतिस्पर्धामा रहेको CG नेटले यो डिजिटल प्रविधिलाई एडप्ट गर्न नसक्नुको कारण के होला ?

यस विषयमा हामीले CG नेटलाई सम्पर्क गरेका थियौं । उहाँले केहि समय अघि सम्म आफ्नो भुक्तानी प्रणाली झन्झटिलो भएको कुरा सहर्स स्वीकार गर्दै आफुले बजारमा CG Pay एप शुरु गरिसकेको र यसबाट भुक्तानी गर्दा समस्या नहुने बताउनु भएको छ। उहाँले थप्दै भन्नुभयो “हामि बजारमा नयाँ भएकाले सिस्टम बनाउन समय लागेको हो बिस्तारै सहज बनाउँदै जाने छौं, अहिले CG Pay बाट भुक्तानी गर्दा ३०% क्यासब्याक समेत रहेको कुरा ग्राहकहरु सम्म पुर्याउन सहयोग गरिदिनुहोला”।

तर CG Pay को बारेमा अनुसन्धान गर्दा यो आफ्नो सेवाका लागि मात्रै नभएर डिजिटल वालेटको रुपमा विकाश गर्न खोजिएको जस्तो देखिन्छ, यत्रो समयसम्म उपभोक्ता हरुलाई झन्झटिलो प्रक्रिया गर्न लगाई दुख दिएर दुख बुझे झैं गरेर उपभोक्ताको भावना संग खेलेर अहिले डिजिटल वालेट शुरु गर्नु बजारीकरणको जाल बिछ्यैइएको हो भनेर बुझ्न त्यति गाह्रो नहोला कि ? यधपी ग्राहकहरुले पनि चासो दिएर यस्ता कुराहरुमा घच्घच्याउन भने आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?