२० मंसिर २०७९, मंगलवार

Logo

एनसेलले घटायो सबै लोकल कलको महशुल दर !



एनसेलले सबै लोकल कलको महशुल दर घटाएको छ।

नेपालभर बसोबास गर्ने मानिसहरूलाई उत्कृष्ट वर्गको नेटवर्क र सञ्चार सेवाहरू प्रदान गर्दै आएको एन्सेलले डिजिटल नेपालको परिकल्पना, देशको अर्थतन्त्र र पूर्वाधार विकासमा ठुलो योगदान पुर्याएको छ। देशलाई उज्यालो डिजिटल भविष्यतर्फ लैजाने उदेश्यसहित पटक पटक नयाँ अवसरहरू सिर्जना गर्दै आएको एनसेलले कहिल्यै आफ्ना ग्राहकहरुलाई दुखि हुने मौका दिएको छैन।

एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ ।

प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै “पे एज यू गो” दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

यो परिमार्जित नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागु हुने गरि शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले *17107# डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । एनासेल आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मुल्य प्रदान गर्न सदा प्रयासरत रहेको समेत प्रेस रिलिजमा जनाइएको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको