१२ मंसिर २०७९, सोमबार

Logo

तुहिंदै डिजिटल नेपालको अवधारणा, त्रिभुवन विमानस्थलमा प्रिन्टेड टिकट अनिवार्य !



डिजिटल नेपालको अवधारणा लाई अवलम्बन गर्दै नागरिकका आधारभूत आवश्यकतालाई डिजिटल बनाउने भनेर सरकारले चालेको पाइला बामे नसर्दै तुहिन थालेका छन्।

esewa, khalti, IME Pay जस्ता डिजिटल वालेटहरू बाट टिकेट काटेर त्यसबाट प्राप्त कुपनको बारकोड देखाएर विमानस्थलमा प्रवेश तथा आउजाउको सहजता सुरु भएको थोरै समयमै विभिन्न सुरक्षा चुनौती देखाउँदै फेरी प्रिण्टेड टिकेट नै चाहिने व्यवस्था गरिएको छ।

एक महिना अघि मात्रै सरुवा भएर विमानस्थलमा आएका नेपाल प्रहरीका एसएसपी भीम ढकालले आफ्नो उपस्थिति देखाउने निहुँमा उक्त असुविधा ल्याएको भन्दै यात्रुहरूले आक्रोश पोखिरहेका छन्।

कतिपय मान्छे पास पनि छैन, टिकट पनि छैन अनि मोबाइल देखाएर भित्र छिरेको पाइएपछि यो नियम लागू गरिएकोले यसलाई गाह्रो मान्नु नहुने उनको तर्क छ। यात्रुहरूको व्यवहारका कारण प्रहरीहरूलाई गाह्रो भएको र सुरक्षा खतरा समेत बढेको उनको भनाई छ।

यो निर्णयप्रति भने बुद्ध, यती, श्री, सौर्य, गुण लगायत नियमित उडान गर्दै आएका वायुसेवा कम्पनीहरूले भने यात्रुलाई असुविधा हुने भन्दै आपत्ति जनाएका छन्।

आजको प्राविधिक युगमा पनि सिस्टमहरू सजिलो बनाउँदै जानुपर्नेमा प्राधिकरणले झनै उल्टो बाटोमा हिँडेर ढुङ्गे युग तिर जान प्रोत्साहन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन