१२ मंसिर २०७९, सोमबार

Logo

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर !



एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न  सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ जुन अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । सोमबार (फागुन २३) देखि सञ्चालनमा आएको अफर अन्तर्गत ग्राहकले कर सहित रु १४ देखि रु ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समय सीमा भएका प्याकहरूबाट फाइदा लिन सक्नेछन्। यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा समेत  लिन सक्छन्।

ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित रु १४ मा लिन सक्छन् भने ३ दिन समय सीमा रहेको ६५ टक टाइम रु ४५ मा सुचारु गर्न सक्छन् । त्यसै गरी रु ९४ मा ७ दिन समय सीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सक्नेछन्। प्रिपेड ग्राहकले सजिलै “एष्ट्रिक१७११८एष्ट्रिक३ह्यास” डायल गरी आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरी सुचारु गर्न सकिन्छ।

अलि धेरै समय सीमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समय सीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सकिनेछ। यसका साथै ग्राहकका लागि २८ दिन समय सीमा रहेको दुई वटा अन्य प्याकहरू पनि छन् जस अन्तर्गत ग्राहकले रु २६५ मा ४७५ मिनेट टक टाइम र रु ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी मध्ये कुनै पनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्ने एनसेल आजियाटा लिमिटेडले जनाएको छ।

आफ्ना ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाउँदा हर्षित भएको अधिकारी बताउँछन्।

 


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन