Trending:

बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री
अपडेट

इम्बोस्ड नम्बर प्लेट जडानको गति बढाइने

इम्बोस्ड नम्बर प्लेट जडानको गति बढाइने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

८ असार, काठमाडाैँ । तत्काल सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेभन्दा पनि यसको गति बढाउँदै लगिने भएको छ। सङ्घीय संसद्को संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगतमा कम्पनीसँग भएको सम्झौता र हाल देशभर रहेका सवारी साधनका आधारमा पनि सतप्रतिशतमा नम्बर प्लेट जडान सम्भव नभएको जनाएको छ।

सरकारले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी ठेक्का सम्झौता गरे पनि हाल ३७ लाख सवारी साधन छन्। मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पहिले ठेक्का सम्झौता भएभन्दा अहिले १२ लाख सवारी साधन थपिएको बताए । उनले भने, “अहिले सतप्रतिशत गर्ने नभएर नयाँ दर्ता हुने, नवीकरण हुने र नामसारी हुने सवारी साधनले नम्बर प्लेट जडान गर्नुपर्छ ।”

इम्बोस्ड नम्बर प्लेट जडानबाट सेवाग्राहीबाट उठ्ने सबै रकम कम्पनीलाई दिने नभएर केही रकम राजस्व सङ्कलन हुने सचिवले बताए । कम्पनीले उठेको पैसाको ७० प्रतिशत लैजाने र ३० प्रतिशत राजस्वमा जाने सचिव सिग्देलले बताए ।

नम्बर प्लेट जडान गर्दा मोटरसाइकलमा रु दुई हजार ५०० देखि बढीमा तीन हजार ६०० सम्म रकम तोकिएको छ । अहिले साउन १ गतेबाट अनिवार्य गर्न लागिएको नभएर गत वर्ष कात्तिकमा रापजपत्रमा क्रमशः जडान गर्दै जाने उल्लेख थियो । उनले भने, “अघिल्लो महिना आएकोे सूचनालाई सतप्रतिशतमा अनिवार्य र नभएमा जरिवाना भन्ने बुझियो तर त्यो पहिले प्रकाशित गरिएको सूचनालाई पुनः जानकारीका लागि दिइएको हो ।”

यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले २५ लाख नम्बर प्लेटमा छपाई गर्दै कम्पनीले दिएपछि भुक्तानी गर्दै जाने बताउनुभयो । गाडी, मोटरसाइकलमा कतिकति नम्बर प्लेट वितरण गर्ने भन्ने पहिले नै सम्झौतामा उल्लेख छ । यसबाट झण्डै रु दुई अर्ब ४० करोड राजस्व सङ्कलन हुने उनले बताए ।

दक्षिण एसयामा नेपालबाहेक अरु देशहरुमा इम्बोस्ड नम्बर प्लेट भएको र विश्वमा ९५ प्रतिशत देशमा भएको महानिर्देशक घिमिरेले बताए । उनले भने, “यो बढी सुरक्षित र प्रविधिमैत्री हुँदा धेरैले प्रयोग गरिरहेका छन् ।”

नेपाल, भारत, भुटान र बङ्गलादेशबीच भएको सन्धिका आधारमा पनि इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजीमा हुनुपर्ने महानिदर्नेशक घिमिरेले बताए । संसद्बाट पारित सन्धिका आधारमा यी चार मुलुकमा सवारीसाधन स्वतन्त्ररूपमा आवागमन गर्न दिइने भन्ने छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को विसं २०७४ मा अनुसूची संशोधन भएर नम्बर प्लेट अङ्ग्रेजीमा हुने उल्लेख छ ।

समितिका सभापति निरुदेवी जैरुले संविधानमा नै सरकारी कामकाजको भाषा देवनागरी लिपिको नेपाली हुने उल्लेख भएकाले नम्बर प्लेटमा पनि त्यो हुनुपर्ने बताए । नम्बर प्लेटका विषयमा उठेको सवालप्रति मन्त्रालय जिम्मेवार हुनुपर्नेमा उहाँको जोड छ ।

समितिका सदस्य भीम रावलले सूचना प्रविधि बाहिरिने कुराप्रति सजग हुनुपर्नेमा जोड दिए । अहिले भारतका सवारी साधन सजिलै नेपाल आउने भए पनि नेपालबाट भारत जान गाह्रो रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?