९ असार, एजेन्सी । ट्विटरका प्रयोगकर्ताहरूले लामो ट्वीट समेत लेख्न पाउने भएका छन्। ट्वीटरको एक घोषणासँगै ट्वीटको अक्षरमा गरिएको सिमित निर्धारण बढाइने पुष्टि भएको हो ।
ट्वीटरमा ‘ट्वीटर नोट्स’ फिचर थप गरिने घोषणा भइसकेको छ। यो फिचर सार्वजनिक भइसकेपछि प्रयोग कर्ताहरूले लामा लेखहरू फोटो तथा भिडियो अट्याच गरेर लेख्न सक्नेछन्।
यो फिचर अहिले निश्चित प्रयोगकर्ताहरूसँग परीक्षण भइरहेको छ।
के हो ट्वीटर नोट्स ?
ट्विटरले नोट्सलाई लामो खालको ब्लगिङ फिचरको रूपमा घोषणा गरेको छ। ट्वीटरले एक ट्वीटमार्फत यसले मोबाइल एप र वेभमा कसरी काम गर्छ भनेर देखाएको छ।
https://twitter.com/TwitterWrite/status/1539640956915290112
‘लेखकहरूको एउटा सानो समूहले हामीलाई नोटहरू जाँच्न मद्दत गरिरहेका छन्। धेरै जसो देशहरूमा मानिसहरूले तिनीहरूलाई ट्वीटरमै र यसबाहिर पढ्न सक्नुहुन्छ।’, ट्वीटरले भनेको छ।
https://twitter.com/TwitterWrite/status/1539640984497229831
ट्वीटरले नोट्सको परीक्षण गरिरहेका देशहरूका प्रयोगकर्ताहरूले उनीहरूले फलो गरेका व्यक्तिहरू परीक्षणमा सहभागी भएका छन् भने उनीहरूको टाइमलाइनमा ‘नोट्स कार्डस्’ देख्नेछन्।
ट्वीटर नोट्स्ले कसरी गर्छ काम ?
अहिले यो सुविधा परीक्षण कालमा नै भएका कारण सबै प्रयोगकर्ताहरूले प्रयोग गर्न पाउँने छैनन्। तर, यो आधिकारिक रूपमा सार्वजनिक भइसकेपछि ट्वीटरको पुरानो संस्करणभन्दा फरक रूपमा काम गर्ने बताइएको छ। यद्यपी, कसरी काम गर्छ भन्ने यकिन गरिएको छैन।
ट्वीटरमा पहिले एक पटकमा १४० शब्दहरू मात्रै लेख्न पाइन्थ्यो । तर, २०१७ पछि शब्दको संख्या २८० पुर्याइएको थियो। त्यसैगरी, अहिले प्रयोककर्ताहरूले ट्वीटर नोट्स्मा २५०० शब्द सम्म लेख्न पाउने बताइएको छ।