९ असार, एजेन्सी। चीनले तीन वटा स्याटेलाइट रकेटहरू सफलतापूर्वक प्रक्षेपण गरेको छ। बिहीबार चीनले लोङ मार्च-2D क्यारियर रकेटहरू प्रक्षेपण गरेको हो।
बिहीबार बिहान १०ः २२ बजे सिचुवान प्रान्तको सिचाङस्थित स्याटेलाइट लन्च सेन्टरबाट ती रकेटहरू प्रक्षेपण गरिएका थिए।
प्रक्षेपण गरेको केही समयमा नै ती रकेटहरू पूर्व निर्धारित अर्बिटमा प्रवेश गरेका थिए ।
बिहीबार प्रक्षेपण गरिएका स्याटेलाइट रकेटहरू याओगान–३५ कै सदस्य भएको बताइएको छ। ती रकेटहरूले वैज्ञानिक प्रयोग, भाैगोलिक अवस्थाको सर्भे, कृषि उत्पादनको संभाव्यता अध्ययन र विपत्ति रोकथामबारे अध्ययन गर्न सहयोग गर्ने बताइएको छ।
चीनले याओगान–३५ प्रोजेक्टका तीन वटा स्याटेलाइटहरू गत वर्षको नोभेम्बर ६ तारिखमा प्रक्षेपण गरेको थियो।