९ असार, एजेन्सी। रिलिजको तयारीमा रहेको आइफोन–१४ को ब्याट्रीबारे विवरण लिक भएको हल्ला फैलिएको छ। ट्वीटरमा ShrimpApplepro ह्याण्डबाट आइफोनको नयाँ संस्करणमा हुने व्याट्रीको अनुमानित विशेषता सार्वजनिक गरिएको हो।
उक्त ट्वीटका अनुसार आइफोनले नयाँ संस्करणका डिभाइसहरूमा ब्याट्री क्षमता बढाउने भएको छ।
चीनको सामाजिक सञ्जाल बैडुमा एक प्रयोगकर्ताले गरेको पोस्ट अनुसार आइफोन–१४ का ब्याट्री क्षमताहरू पुराना मोडलभन्दा बढी हुनेछ।
उक्त पोस्ट अनुसार आइफोन–१४ प्रो ३२७९ एमएएच ब्याट्री क्षमताको हुनेछ। त्यसैगरी आइफोन–१४ प्रो म्याक्स ४३२३ एमएएच ब्याट्री क्षमताको हुने सो पोस्टमा उल्लेख गरिएको छ।
त्यस्तै, आइफोन–१४ म्याक्स ४३२५ एमएएच क्षमताको ब्याट्री सहित आउँदा आइफोन –१४ प्रो भने ३२०० एमएएच ब्याट्री क्षमता सहित बजारमा उपलब्ध हुनेछ।
आइफोन–१४ कहिले सार्वजनिक हुन्छ भन्ने यकिन नभएता पनि सेप्टेम्बर महिनामा सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ।
iPhone 14 series battery capacity, note that this is not confirmed.
14 3279 mAh
14 Max 4325 mAh
14 Pro 3200 mAh
14 Pro Max 4323 mAh
Hmmm pic.twitter.com/Rywrb77EBk— ShrimpApplePro 🍤 (@VNchocoTaco) June 22, 2022