१२ मंसिर २०७९, सोमबार

Logo

खाबी लेम भए टिकटकमा सबैभन्दा धेरै फलोर्स हुने व्यक्ति



१० असार, एजेन्सी । कमेडियन खाबी लेम टिकटकमा सबैभन्दा धेरै फलोर्स हुने व्यक्ति भएका छन्। सेनेगलमा जन्मिएका लेमले बिहीबार यो आँकडा पार गरेका हुन्।

२२ वर्षीय लेमले टिकटकमा सबैभन्दा धेरै फलो गरिएका व्यक्ति बन्दा अमेरिकाका १८ वर्षीय चार्ली डि’एमेलियोलाई पछि पारेका छन्।

 

टिकटकमा लेमका १४२.५ मिलिनय पलोअर्स पुगेका छन् भने चार्लीका १४२.२ मिलियन रहेका छन्। उनीहरूका बीच करीब १ महिना फलोअर्स ब्याटल चलेको थियो।

लेम टिकटकमा आउनुभन्दा पहिले  कारखानामा काम गर्ने मजदूर थिए । गरीब पारिवारक पृष्ठभूमी भएका लेम २०२० बाट टिकटकमा जोडिएका हुन्।

उनका भिडियोहरू भाइरल हुन थालेपछि उनका फलोर्स व्यापक रूपमा बढेका थिए। अहिले उनलार्इ विश्वका नामी कम्पनीहरूले स्पोन्सरसिप पनि दिइरहेका छन्।

लेमका भिडियोहरू प्राय अन्य टिकटक प्रयोगकर्ताले अपलोड गरेका भिडियोहरूमाथि व्यंग्य गरेर बनाइएका हुन्छन्। जसमा उनी केही बोल्दैनन्।

सेनेगलमा जन्मिएका लेम एक वर्षको उमेरमा नै इटाली पुगेका थिए।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन