२३ जेष्ठ २०८०, मंगलवार

मृतक आफन्तहरूको आवाज निकाल्ने प्रविधि विकास गर्दै एलेक्जा



अमेजनको एलेक्जा ले मृत्यु भएका परिवारका सदस्यहरूको पनि आवाज निकाल्ने उपकरण सार्वजनिक गर्ने तयारी गरेको छ।

अमेरिकाको लास भेगास्थित एक कन्फ्रेन्समा मृत्यु भएका परिवारका सदस्यको आवाज निकाल्ने उपकरणको बारेमा तथ्यहरू सार्वजनिक गरिएको थियो।

एलेक्साका वैज्ञानिक विभागका प्रमुख रोहित प्रसादले एलेक्सासँग प्रयोगकर्ताहरूको प्रतिक्रिया थप विश्वासयोग्य बनाउन यस्तो प्रविधि सार्वजनिक गर्न लागेको बताएका छन्।

उक्त कन्फ्रेसबाट सार्वजनिक गरिएको भिडियोमा एलेक्सासँग एक व्यक्तिले आफ्नी हजुरआमाले पढ्दर् गरेको ‘विजार्ड अफ योजेड’ किताब हजुरआमाकै आवाजमा पढ्न अनुरोध गरिन्छ र उक्त उपकणले हजुरआमाकै आवाजमा किताब पढ्न थाल्छ।

वैज्ञानिक रोहित प्रसादले कम्पनीले स्टुडियोमा लामो समय लाग्ने रेकर्डिङको विपरीत छोटो रेकर्डिङको साथ “उच्च-गुणस्तरको आवाज” कसरी बनाउने भनेर सिक्नुपर्ने बताएका छन्।

 


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न