२१ मंसिर २०७९, बुधबार

Logo

प्रयोगकर्ताहरूको उमेर पत्ता लगाउन नयाँ प्रविधि प्रयोग गर्दै इन्स्टाग्राम



१० असार, एजेन्सी। चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताहरूको उमेर पत्ता लगाउन नयाँ प्रविधि प्रयोग गर्ने भएको छ। इन्स्टाग्राममा राखिएको उमेर सिमालाई व्यवस्थित गर्नका लागि इन्स्टाग्राममा एआइ प्रयोग गरिने भएको हो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित रिपोर्टका अनुसार एआइले स्क्यान गरेर प्रयोग कर्ताहरू १८ वर्षभन्दा माथि भए नभएको पत्ता लगाउनेछ।

एआइका अलावा सोसिल भाैचिङ प्रणाली पनि इन्स्टाग्राममा प्रयोग गरिने उल्लेख छ। यस प्रणालीले फलोअर्सलाई उमेर निश्चित गर्नका लागि सोध्ने बताइएको छ।

इन्स्टाग्राममा म्युचल फलोअर्सका लागि १८ वर्षभन्दा बढी उमेरको हुनुपर्ने नियम छ।

इन्टाग्राममा अकाउन्ट बनाउनका लागि कम्तिमा १३ वर्ष भएको हुनुपर्ने प्रवाधान छ। सन् २०१९ सम्म इन्स्टाग्रामले जन्ममिति अनिवार्य गरेको थिएन्। तर विज्ञहरूले बालसुरक्षा र गोपनियताका बारेका प्रश्न उठाएपछि एज भेरिफिकेसन फिचर थपिएको हो।

निकट भविष्यमा नै इन्स्टाग्रामले सेल्फीका माध्यमबाट प्रयोगकर्ताहरूको उमेर पत्ता लगाउनेछ। प्रयोगकर्ताहरूको उमेर पत्ता लगाउन इन्स्टाग्रामले ‘योती’सँग सहकार्य गरेको छ। यसले प्रयोगकर्ताले पठाएको सेल्फीका माध्यमबाट उमेर अनुमान गर्नेछ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार