१० असार, एजेन्सी। अस्थिर अवस्थाबाट गुज्रिरहेको क्रिप्टो बजारमा सामान्य सुधार भएको छ। क्रिप्टोकरेन्सीको सबैभन्दा मूल्यवान बिटक्वाइन सहित समग्र बजार नै पछिल्लो २४ घण्टामा उकालो लागेको छ।
यो सामग्री तयार पार्दासम्म बिटक्वाइनको मूल्य २१ हजार अमेरिकी डलर रहेको छ। त्यस्तै, अर्को चर्चित क्रिप्टो इथेरियमको मूल्य पनि पछिल्लो २४ घण्टामा सकारात्मक नै देखिएको छ। यो सामग्री तयार पार्दासम्म इथेरियम १२०९ अमेरिकी डलर रहेको छ।
पछिल्लो २४ घण्टामा इथेरियमको मूल्य ५.७५ प्रतिशतले उकालो लागेको छ।
गत हप्ता ठूलो मात्रामा गिरावट भएको क्रिप्टो करेन्सीको भाउ पुनः उकालो लाग्दै गइरहेको छ। पछिल्ला केही दिनहरूमा अल्टक्वाइनको मूल्य पनि बढिरहेको छ। चर्चित अल्टक्वाइन बिएनबी, पोल्काडट, सोलाना, चेनलिंक लगायत अन्यको मूल्य पनि बढिरहेको छ।
यस हप्ता सिबा इनु र डजक्वाइन लगायत मिमक्वाइनको मूल्य पनि सकारात्मक नै देखिएको छ। अहिले डजक्वाइन ०.०६ र सिबा इनु ०.००००११ मा डलरका कारोबार भइरहेको छ।
गत २४ घण्टामा क्रिप्टो बजारको पुँजी ३.६१ प्रतिशतले बढेको छ।