१९ जेष्ठ २०८०, शुक्रबार

२७०० वटा विद्युतीय कारहरू फिर्ता गर्न टोयोटाले गर्यो आग्रह



१० असार, एजेन्सी। कार तथा सवारी निर्माता कम्पनी टोयोटाले २७०० वटा विद्युतीय कारहरू फिर्ता गर्न आग्रह गरेको छ। प्राविधिक खराबी देखिएपछि टोयोटाले बिक्री भइसकेका ती कारहरू फिर्ता गर्न आग्रह गरेको हो।

टोयोटाका प्रवक्ताले नवनिर्मित कार bZ4X मोडलको टायरको बोल्ट खुस्किने समस्या देखिएका कारण कारहरू फिर्ता गर्न आग्रह गरिएको बताएका छन्।

टोयोटाले जापानका यो कार सार्वजनिक गरेको जम्मा २ महिना मात्रै भएको छ। त्यस्तै, जापानकै अर्को कार निर्माता कम्पनी सुबारूले पनि टोयोटाको जस्तै प्राविधिक गडबढी देखिएका कारण २६०० वटा कार फिर्ता ल्याउने बताएको छ। ती कार सुबारूले टोयोटासँगको सहकार्यमा नै निर्माण गरेको थियो।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै टोयोटाले सुरक्षाको कारण देखाउँदै अमेरिका, युरोप, क्यानडा र जापानमा बिक्री भएका bZ4X SUV फिर्ता गर्न आग्रह गरेको हो।

‘यदि सवारी चलाउँदा गाडीबाट पाङ्ग्रा छुट्यो भने, यसले गाडीको नियन्त्रण गुमाउन सक्छ, दुर्घटनाको जोखिम बढाउँछ।’, टोयोटाका एक प्रवक्ताले भनेका छन्।

 


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले