११ असार, एजेन्सी । विद्युतीय कार भवनको तेश्रो तल्लाबाट खस्दा २ जनाको मृत्यु भएको छ। चिनियाँ विद्युतीय कार निर्माता कम्पनी नियोले विद्युतीय कार भवनबाट खस्दा २ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
नियोका अनुसार मृत्यु हुने एक जना कम्पनीकै कर्मचारी र अर्का एक जना पार्टनर कम्पनीका व्यक्ति रहेका छन्।
यो घटना चिनियाँ समय अनुसार बुधबार ५ः २० बजे भएको थियो। कार भवनबाट खस्दा २ जना कारभित्र नै रहेको बताइएको छ।
यो घटना भएपछि सरकारी अधिकारीहरूसँगको सहकार्यमा अनुसन्धान सुरू गरेको बताएको छ।
चिनियाँ अधिकारीहरूका अनुसार कारको शोरूममा नै यसका विशेषताहरू परीक्षण गर्ने क्रममा कार भवनबाट खसेको बताइएको छ।