९ चैत्र २०७९, बिहीबार

परीक्षणका क्रममा तेश्रो तल्लाबाट खस्यो विद्युतीय कार, २ जनाको मृत्यु



११ असार, एजेन्सी । विद्युतीय कार भवनको तेश्रो तल्लाबाट खस्दा २ जनाको मृत्यु भएको छ। चिनियाँ विद्युतीय कार निर्माता कम्पनी नियोले विद्युतीय कार भवनबाट खस्दा २ जनाको मृत्यु भएको पुष्टि गरेको हो।

नियोका अनुसार मृत्यु हुने एक जना कम्पनीकै कर्मचारी र अर्का एक जना पार्टनर कम्पनीका व्यक्ति रहेका छन्।

यो घटना चिनियाँ समय अनुसार बुधबार ५ः २० बजे भएको थियो। कार भवनबाट खस्दा २ जना कारभित्र नै रहेको बताइएको छ।

यो घटना भएपछि सरकारी अधिकारीहरूसँगको सहकार्यमा अनुसन्धान सुरू गरेको बताएको छ।

चिनियाँ अधिकारीहरूका अनुसार कारको शोरूममा नै यसका विशेषताहरू परीक्षण गर्ने क्रममा कार भवनबाट खसेको बताइएको छ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः