११ असार, पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिकाले उज्यालो तथा सुरक्षित रिब्दीकोट तथा स्मार्ट रिब्दीकोट एप्स सञ्चालनलगायत योजना अगाडि सारेको छ ।
गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो विषयवस्तु समावेश गरिएको हो ।
गाउँपालिकाले कर तथा राजस्वलाई विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्न स्मार्ट रिब्दीकोट एप निर्माण गरी प्रयोगमा ल्याइने जनाइएको छ । आन्तरिक आय, अन्तरसरकार वित्त हस्तान्तरण र राजस्व बाँडफाँटलाई यथार्थ विष्लेषण गरी नीति तथा कार्यक्रम तय गरिएको छ ।