११ असार, एजेन्सी । एप्पलको एयरपड्स प्रो २ चाँडै रिलिज हुने भएको छ। ग्याजेटसम्बन्धि जानकारी दिने माध्यम जिएसएम एरेनाले एप्पलको नयाँ एयरपड चाँडै रिलिज हुने जानकारी दिएको छ।
जिएसएम एरेनाका अनुसार एप्पलको एयरपड्स प्रो २ सिस्टम इन प्याकेज (एसआइपी)मा H1 चिप प्रयोग गरिएको छ। जसका कारणले बाहिरी ध्वनि निस्तेज हुने बताइएको छ।
एप्पलको यो एयरपड्ले उर्जा खपत घटाउने र उच्च तहको ध्वनिको अनुभव दिनेछ।
रिलिज गर्ने तयारी गरिएको एयरपडमा मुटुको धड्कन मापन, सुन्ने क्षमता र फाइन्ड माइ फन्सन लगायत फिचर उपडेट गरिएको छ। यो एयरपड युएसबी टाइप–सीले तीव्र गतिमा चार्च हुनेछ।
सार्वजनिक हुने तयारीमा रहेको यो एयरपडको बट्टामा समेत माइक्रोफोन प्रयोग भएको बताइएको छ। यसमा प्रयोग गरिएको माइकलले ‘फाइन्ड माइ’ फिचर प्रयोग गर्दा बट्टा भेट्टाउन सहज हुने बताइएको छ।
यस एयरपडमा आवाजको गुणस्तर बढाउन विभिन्न खालका सुविधा थपिएको बताइएको छ।