१२ मंसिर २०७९, सोमबार

Logo

सदस्यता शुल्क घटाउने नेटफ्लिक्सको योजना



१२ असार, एजेन्सी । चर्चित भिडियो स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सको सब्स्क्रिप्सन (सदस्यता) मूल्य घट्ने भएको छ। नेटफ्लिक्स विज्ञापन समर्थित सदस्यता (Ads-Supported Subscription)को अवधारणा अघि सारेसँगै सब्स्क्रिप्सन शुल्क घट्ने अनुमान गरिएको छ।

नेटफ्लिक्सले Ads-Supported Subscription सुरू गर्ने तयारी गरेको भन्ने हल्लाहरू केही समय अघिबाट नै चलिरहेका थिए। तर, नेटफ्लिक्सका उप कार्यकारी प्रमुख डेट सरान्डोसले  Ads-Supported Subscription सुरू गर्न लागेको उनले पुष्टि गरेका छन्।

उनले प्रयोगकर्ताहरूलाई सस्तो मूल्यका नेटफ्लिक्सको सदस्यता उपलब्ध गराउने उद्देश्यले नयाँ मोडलमा जान लागेको बताएका छन्। ‘हामीले नेटफ्लिक्स धेरै महँगो भयो र  मेरा लागि विज्ञानपन अाउनुमा समस्या छैन भन्ने प्रयोगकर्ताहरूका लागि यो मोडल सार्वजनिक गर्न लागेका हाैँ।’ टेडले भनेका छन्।

नेटफ्लिक्सले २०२२ को पहिलो चाैमासिकमा मात्रै करीब २ लाख सदस्यहरू गुमाएको छ। अहिले विभिन्न उपायहरू अपनाएर नेटफ्लिक्स अाफ्ना ग्राहकहरू तान्ने प्रयास गरिरहेको छ।

नेटफ्लिक्सका अधिकारीहरू भर्खरै सम्पन्न क्यानेस लायन्स एडभर्टाइजिङ फेस्टिभलमा सहभागि भएका थिए। यसबाट पनि नेटफ्लिक्सले चाँडै Ads-Supported Subscription सुरू गर्न लागेको अनुमान गरिएको छ।

नेटफ्लिक्सको नयाँ अवधारणा अनुसार सदस्यता शुल्क कति लाग्ने भन्ने सार्वजनिक गरिएको छैन। नेटफ्लिक्सले यसै वर्षको अन्तिमबाट Ads-Supported Subscription सुरू गर्न सक्ने अनुमान पनि गरिएको छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन