२० जेष्ठ २०८०, शनिबार

पहिलो पटक अष्ट्रेलियाबाट रकेट प्रक्षेपण गर्दै नासा



१२ असार, एजेन्सी। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अष्ट्रेलियाबाट रकेट प्रक्षेपण गर्ने भएको छ। नर्थन टेरीटोरीको गाउँबाट आइतबार साँझ नासाले रकेट प्रक्षेपण गर्ने भएको हो।

उक्त रकेट हुलुन्वाइ नजिकैको अर्न्हेम स्पेस सेेन्टरबाट प्रक्षेपण हुनेछ। आइबार अष्ट्रेलियन समय १०ः ४५ बजे प्रक्षेपण गर्ने तय भएको छ।

यो रकेटले अल्पा ए र बीका लागि लागि आवश्यक सामग्रीहरू बोकेर जाने बताइएको छ। १५ मिनेटमा नै यो रकेटले ३०० किलोमिटरको यात्रा पार गर्नेछ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अन्तरिक्ष एजेन्सीले अमेरिका बाहिरको व्यावसायिक बन्दरगाहबाट रकेट प्रक्षेपण गरेको यो नै पहिलो पटक हुनेछ ।

यो रकेट सन् १९९५ मा रोयल अस्ट्रेलियन एयर फोर्स वुमेरा रेन्ज कम्प्लेक्सबाट प्रक्षेपण गरेपछि २६ वर्षमा अष्ट्रेलियाको माटोबाट छाडिने पहिलो रकेट पनि हुनेछ।

 


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा