२० जेष्ठ २०८०, शनिबार

सामसुङले टिभी लगायत घरायसी सामग्रीहरूको उत्पादन घटाउने



१३ असार, एजेन्सी । दक्षिण कोरियन इलेक्ट्रिक ब्राण्ड सामसुङले घरायसी सामग्रीहरूको उत्पादन घटाउने भएको छ। पछिल्लो रिपोर्ट अनुसार टिभी लगायत घरायसी सामग्रीहरूको उत्पादन घटाउने भएको हो।

विश्वभर देखिएको आर्थिक समस्याका कारण ती उत्पादनहरूप्रति ग्राहकको माग घट्दै गएका कारण घरायसी उत्पादनहरू घटाउने सामसुङले जानकारी दिएको छ।

यसभन्दा अघि सामसुङले स्मार्टफोनको उत्पादन पनि घटाउने निर्णय गरेको थियो।

एक रिपोर्टका अनुसार सामसुङका अहिले विश्वभर ५ करोड स्मार्टफोन बिक्री गर्न बाँकी रहेको बताइएको छ। २०२२ मा सामसुङले ३ करोड स्मार्टफोन उत्पादन घटाउने बताएको छ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा