१४ चैत्र २०७९, मंगलवार

पाैडी खेल्ने क्रममा बेपत्ता भएका इथिकल ह्याकर घिमिरेको शव फेला



१३ असार, चितवन। इथिकल ह्याकर विनित घिमिरेको मृत्यु भएको छ। पाैडी खेल्ने क्रममा बेपत्ता भएका घिमिरे शनिबार मृत भेटिएका हुन्।

उनी साथीहरूसँग पाैडी खेल्न भरतपुर शिव घाट स्थित नारायणी नदीमा गएको चितवन प्रहरीले जानकारी दिएको छ। सोही क्रममा उनी बेपत्ता भएका थिए।

बिहीबार बेपत्ता भएका घिमिरेको शव शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणीधाम नजिकै भेटिएको थियो।

घिमिरेले ७० वटा विभिन्न बहुराष्ट्रिय कम्पनी, संस्था तथा विश्वविद्यालयहरुबाट सम्मान तथा कदर पाइसकेका थिए। उनी यूनाइटेड टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत थिए।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द