१५ असार, एजेन्सी । भारतीय धनाड्य मुकेश अम्बानीले टेलिकम ग्रुपको बोर्डबाट राजिनामा दिएका छन्। उनले रिलायन्स जियोको निर्देशकबाट राजिनामा दिएका हुन्।
सोमबार उनले दिएको राजिनामा स्वीकृत भएसँगै उनका छोरा आकाश अम्बानी जियोको सिइओमा नियुक्त भएका छन्। अब उनले मुकेश अम्बानीले नयाँ उचाइ दिएको कम्युनिकेशन कम्पनीको नेतृत्व गर्ने भएका छन्।
त्यस्तै, पंकज मोहन पवारले जियो निर्देशकको भूमिका सम्हाल्नेछन्। त्यसैगरी, रमिन्द्र सिंह गुजरल र केवी चाैधरी स्वतन्त्र निर्देशकमा नियुक्त भएका छन्।
२०२१ मा नै मुकेश अम्बानीले उनका छोराहरूले व्यवसायमा ठूलो जिम्मेवारी लिइरहेको र शक्ति बाँडफाट गर्ने बताएका थिए। उनले अाफ्ना छोराहरूले पनि आँफु समान काम गर्ने र देशको अर्थतन्त्रमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।