१५ असार, एजेन्सी। फेसबुक र इन्स्टाग्रामले गर्भपतन चक्कीसँग सम्बन्धित पोस्टहरू हटाउन थालेका छन्। गर्भपतनका लागि संवैधानिक संरक्षण खारेज गर्ने सर्वोच्चको आदेशपछि फेसबुक र इन्स्टाग्रामले यो एक्सन लिएको हो।
मानिसहरूले मेलमा गर्भपतन चक्कीहरू कसरी प्राप्त गर्न सक्छन् भनेर व्याख्या गर्ने मेम्स र स्टाटस हालका दिनहरूमा सामाजिक प्लेटफर्महरूमा चर्चाको विषय भएको छ।
मिडिया इन्टेलिजेन्स फर्म जिग्नल ल्याब्सको विश्लेषण अनुसार, गर्भपतन चक्कीहरूको सामान्य उल्लेख, साथै मिफेप्रिस्टोन र मिसोप्रोस्टोल जस्ता विशिष्ट संस्करणहरू उल्लेख गर्ने पोस्टहरू, ट्विटर, फेसबुक, रेडिट र टिभी प्रसारणहरूमा शुक्रबार बिहानपछि अचानक बढेका थिए। जिग्नलका अनुसार आइतबारसम्म त्यस्ता पोस्टहरूको संख्या २ लाख ५० हजारभन्दा बढी थियो।
केही पोष्टहरूले मानिसहरूले कसरी कानुनी रूपमा अमेरिकाभरि मेल मार्फत गर्भपतन सेवा प्राप्त गर्न सक्छन् भन्ने खालका सन्देश दिएका थिए।
अन्य पोष्टहरूमा व्यक्तिगत प्रयोगकर्ताहरूले शुक्रबारको सर्वोच्च अदालतको निर्णय पछि गर्भपतनलाई अपराधिकरण गर्ने राज्यहरूमा बस्ने महिलाहरूलाई प्रिस्क्रिप्शनहरू पठाउन समेत प्रस्ताव गरिएको थियो।
लगभग तुरुन्तै, फेसबुक र इन्स्टाग्रामले मानिसहरूलाई प्रत्यक्ष रूपमा चक्कीहरू प्रस्ताव गर्ने केही पोस्टहरू हटाउन थालेका थिए।
अहिले त्यस्ता पोस्टहरू तुरून्त हटाउने र फेसबुक अकान्टलाई चेतावनी दिन समेत फेसबुक र ट्वीटरले सुरू गरेका छन्।
अमेरिकाको अदालतले गर्भपतनका लागि संवैधानिक संरक्षण खारेज गर्ने आदेशपछि अमेरिकाभर प्रदर्शन चर्किएको छ।