१२ मंसिर २०७९, सोमबार

Logo

हाम्रो पात्रोले सुरु गर्‍यो ई–लर्निङ् प्लेटफर्म, हजाराैँ विद्यार्थीले लाभ लिने दाबी



१६ असार, काठमाडाैँ । आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा ‘हाम्रो लर्निङ सेन्टर’ ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा वेटा भर्सनको रूपमा ल्याएको जानकारी इन कर्पोरेसनका संस्थापक एवम् प्रमुख कार्यकारी निर्देशक (सिइओ) शङ्कर उप्रेतीले दिए ।

स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थीहरूले गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपरेको छ । समयमा पाठ्यपुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ ।

प्रायः विद्यालयमा दक्ष शिक्षकको कमी आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् । यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो । अब यो विद्यार्थी र गुणस्तरीय शिक्षा बिचको दूरी हाम्रो लर्निङ सेन्टरले कम गर्ने विश्वास कार्यकारी निर्देशक उप्रेतीको छ ।

उनले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आम मानिसको पहुँचमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताएका छन् ।

बुधबार समारोहका बिचमा हाम्रो पात्रोका सिइओ शङ्कर उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीको बीचमा सहकार्यका लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त कार्यक्रममा हितेश कार्कीले हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने आशा राखेको बताए ।

हाम्रो पात्रो एपले प्रवासी नेपालीहरूलाई मातृभूमिसँग र आफ्नै देशभित्र फरक फरक स्थानमा बस्ने नेपालीलाई आफ्नो परिवारसँग र सम्पूर्ण नेपालीलाई एकआपसमा नेपाली संस्कृति र परम्पाराको माध्यमबाट सन् २०१० देखि जोड्दै आएको छ । साथै समाचार, रेडियो, ज्योतिष, रेमिट्यान्स, इकमर्स, डिजिटल स्वास्थ्य सेवा जस्ता सेवाहरू समयानुकूल रूपमा थप्दै आएको छ ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन