१२ मंसिर २०७९, सोमबार

Logo

नयाँ फिचर परीक्षण गर्दै इन्स्टाग्राम



१७ असार, एजेन्सी । इन्स्टाग्रामले भिडियो पोस्टहरू रिलमा समावेश गर्ने कामको परीक्षण सुरू गरेको छ। मेटाको स्वामित्व रहेको इन्स्टाग्राममा भिडियोहरू पोस्ट गर्न सहज बनाउने उद्देश्य सहित विश्वभर यो कामको परीक्षण सुरू भएको इन्स्टाग्रामले बताएको छ।

एक जना सामाजिक सञ्जाल विश्लेषकले इन्टाग्राममा पोस्ट गरिएका भिडियोहरू कसरी रिल हुन्छन् भन्दै परीक्षण गरेको स्क्रिनसट ट्वीटरमा राखेका छन्।

‘सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले हाल एपमा नयाँ अपडेटको परीक्षण गरिरहेको छ जसले प्लेटफर्ममा रहेका भिडियो पोष्टहरूलाई रिल्समा परिणत गर्नेछ। हामी इन्स्टाग्राममा भिडियो अनुभवलाई सरल र सुधार गर्ने हाम्रो प्रयासको एक भागको रूपमा यो सुविधा परीक्षण गर्दैछौं।’ मेटाका प्रवक्ताले टेकक्रन्चसँग उल्लेख गरेका छन्।

इन्स्टाग्रामले हाल विश्वभरबाट चुनिएका सिमित प्रयोगकर्ताहरूसँग भिडियो पोष्टहरूलाई रिल्समा परिणत गर्ने सुविधाको परीक्षण गरिरहेको छ।

यो अनुमान गर्न सकिन्छ कि इन्स्टाग्रामको लागि संसारभरि परीक्षणको हिस्सा भएका व्यक्तिहरूले परीक्षण सम्बन्धि पप-अप सन्देश देख्नेछन्।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन