१२ मंसिर २०७९, सोमबार

Logo

नेटफ्लिक्स क्य्रास, लाखाैँ दर्शक प्रभावित



१७ असार, एजेन्सी । चर्चित भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्स क्य्रास भएको छ। चर्चित सिरिज ‘स्ट्रेन्जर थिंग्स ४’को दोश्रो भाग एकै पटक लाखाैँ मानिसहरूले हेर्न खोज्दा नेटफ्लिक्स क्य्रास भएको हो।

शुक्रबार भएको यस क्र्यासले विशेषगरी अष्ट्रेलियाका दर्शक प्रभावति भएका छन्। वेभसाइट तथा एप नै खोल्न खोज्दा दर्शकहरूले ‘नेटवर्क इरर’ भन्ने सन्देश देखिरहेको बताइएको छ।

सोमबार ‘स्ट्रेन्जर थिंग्स ४’को दोश्रो भाग सार्वजनिक भएको थियो।

वेभसाइटहरूको समस्या पत्ता लगाउने DownDetectorले अष्ट्रेलियामा ५ बजेपछि प्रयोगकर्ताहरूको संख्या ह्वात्तै बढ्दै यो एप क्य्रास भएको पुष्टि गरेको छ।

यो समस्याले मुख्य रूपमा मोबाइल प्रयोगकर्ताहरूलाई असर गरिरहेको बुझिएको छ। आक्रोशित सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समस्याको बारेमा गुनासो गर्न ट्विटरमा गएका छन्।

यसअघि, भारतमा नेटफ्लिक्स ‘स्ट्रेंजर थिंग्स’ रिलिजपछि केही रूपमा डाउन भएको थियो।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन