७ चैत्र २०७९, मंगलवार

स्न्यापच्यटले पनि प्रिमियम भर्सन सुरू गर्ने, के-के छन् विशेषता ?



१७ असार,  युवाहरूमाझ चर्चित सामाजिक सञ्जाल स्न्यापच्यटले प्रिमियम भर्सन सुरू गर्ने घोषणा गरेको छ। स्न्यापच्यटले नयाँ विशेषता सहित ‘स्न्यापच्यट प्लस’ ल्याउने घोषणा गरेको हो।

यस भर्सनमा प्रयोगकर्ताहरूले थप सुविधा प्रयोग गर्न पाउनेछन्। कम्पनीका अनुसार प्रिमियम प्रयोगकर्ताहरूले स्न्यापच्यटले सुरू गर्ने कुनै पनि नयाँ फिचर सबैभन्दा पहिले प्रयोग गर्न पाउने पनि बताएको छ।

प्रयोगकर्ताहरूले स्न्यापच्यट प्लस प्रयोग गर्नका लागि प्रति महिना ३.९९ डलर तिर्नुपर्ने हुन्छ। प्रिमियम भर्सन अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, न्यु जिल्याण्ड र साउदी अरेबिया र युएइमा प्रारम्भिक चरणमा लन्च हुनेछ। कम्पनीले बिस्तारै प्रिमियम भर्सन अन्य देशहरूमा समेत लैजाने योजना  बनाएको बताएको छ।

 

प्रिमियम सेवाबापत शुल्क तिरेपछि प्रयोगकर्ताहरूले म्याप घोस्ट ट्रेल, बेस्ट फ्रण्ड फरेभर, स्टोरी रवाच इन्डिकेटर, स्न्यापच्यट प्लस ब्याज र फ्रेण्ड सोलार सिस्टम जस्ता सुविधा पाउन सक्नेछन्।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५