Trending:

बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री
अपडेट

मेट्रिक एड्रेसिङ सिस्टम कार्यान्वयनमा ल्याउदै शुक्लाफाँटा

मेट्रिक एड्रेसिङ सिस्टम कार्यान्वयनमा ल्याउदै शुक्लाफाँटा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१८ असार, कञ्चनपुर । शहरी क्षेत्रलाई व्यवस्थापन गर्न शुक्लाफाँटा नगरपालिकाले मेट्रिक ठेगाना प्रणाली(मेट्रिक एड्रेसिङ सिस्टम) कार्यान्वयनमा ल्याउन लागेको छ । नगरपालिका क्षेत्रमा रहेका १० हजार ७२१ घरघुरीमध्ये पहिलो चरणमा चार हजार ८५० घरघुरीमा उक्त प्रणाली राख्ने कार्य सुरु गरिएको छ । एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत रु नौ लाख ५० हजार खर्चगरी नगरपालिकाको शहरी क्षेत्रमा सो प्रणाली कार्यान्वयनका लागि घर नम्बर राख्ने कार्य अगाडि बढाइएको हो ।

घर नम्बरसँगै सोही प्रणालीअन्तर्गत १२३ वटा सडकको नामाकरण गर्ने कार्यका लागि होर्डिङ बोर्ड राख्ने कार्यसमेत अगाडि बढाइएको नगरपालिकाका पूर्वाधार विकास तथा व्यवस्थापन शाखाप्रमुख दीपक धामीले बताए । “हाउस नम्बरिङ र रोड इन्फोरमेसन बोर्ड सिस्टम मेट्रिक मापन एकाइमा आधारित भएकाले वैज्ञानिक छ” उनले भने, “यस प्रणालीअन्तर्गत सडक पहिचान गरेर सडकको सुरु बिन्दुबाट नाप गरी कति मिटरमा घरको दैलो पर्ने हो सोही अनुसार नै घर नम्बर दिइन्छ ।” यसमा दायाँ–बायाँ क्रमशः जोर–विजोर नम्बर दिने गरिन्छ । बाटोको आमुन्ने–सामुन्ने वा दुईतर्फ पर्ने घर बराबर दूरीमा भए दायाँतिर जोर नम्बर र बायाँतिर विजोर नम्बर दिइने गरेको शाखाप्रमुख धामीले जानकारी दिए ।

उहाँका अनुसार यस प्रणालीबाट घर तथा सडक पत्ता लगाउन सजिलो हुने भएकाले चिठ्ठीपत्र, अन्य सरसामान पुर्याउन सजिलो हुनाका साथै नगरपालिकाले उपलव्ध गराउने सेवा सुविधा दिन पनि निकै सहज हुन्छ । आपतकालिन अवस्थामा पनि घर नम्बरबाट तुरुन्तै घरको पहिचान हुने हुँदा चाहिएको दमकल, एम्बुलेन्स, ट्याक्सीलगायत सेवा तुरुन्त प्राप्त गर्न निकै सजिलो हुने देखिन्छ ।

“टेलिफोन सेवा, विद्युत, खानेपानीलगायत सेवा दिनसमेत यस प्रणालीले सहयोग गर्छ” शाखा प्रमुख धामीले भने, “प्रहरीलाई आवश्यक पर्दा व्यक्तिको घरमा पुग्न सजिलो हुन्छ ।” यो प्रणाली जडान भएका घरघुरी र सडकको डिजिटल नक्सा तयार गरी राखिने भएकाले गुगल म्यापका आधारमा घर पहिचान गर्न सकिने बताइएको छ ।

प्रविधिको विकाससँगै सबै सेवाहरु आधुनिक हुदै गएकाले यस प्रणालीलाई प्रविधिसँंग जोडेर नगरबासीलाई सहजरुपमा सेवा उपलव्ध गराउने उद्देश्यले कार्य अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । “पहिलो चरणमा नगरपालिकाको शहरी क्षेत्रका घरघुरी र सडकलाई समेटेका छौं” उनले भने, “दोश्रो चरणमा शहरोन्मुख क्षेत्र र ग्रामीण क्षेत्रलाई जोड दिने छौँ ।” यस प्रणालीमा घर नम्बर राख्ने कार्य मात्रै हुने नभएर पारिवारिक विवरण समेत राखिने भएको छ । यस प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर देशकै नमूना नगरपालिका रुपमा परिचित गराई सेवासुविधा नगरबासीको घर दैलोमै पुर्याउने नगरपालिकाको लक्ष्य छ । मेट्रिक ठेगाना प्रणाली नेपालमा दुई दशकअघिदेखि ठूला सहरहरुमा कार्यान्वयनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?