१८ असार, काठमाडाैँ । चर्चित युट्युब च्यानल ‘टेक्नोब्लेड’का सञ्चालक एलेक्सको मृत्यु भएको छ। क्यान्सरसँग लडिरहेका उनको २३ वर्षको उमेरमा मृत्यु भएको हो।
उनको परिवारले एलेक्सको मृत्यु भएको एक भावुक भिडियोमार्फत पुष्टि गरेका छन्। उक्त भिडियो ‘सो लंग नर्ड्स’ टाइटल दिइएर युट्युबमा अपलोड गरिएको थियो।
उनको नाम एलेक्स रहेको पनि उक्त भिडियोमार्फत नै सार्वजनिक भएको हो। यसभन्दा अघि उनको नाम सार्वजनिक गरिएको थिएन। भिडियोमार्फत एलेक्सको तर्फबाट उनका बुबाले अन्तमि सन्देश पढेका थिए।
उक्त सन्देशमा युट्युबको यात्रामा साथ र सहयोग गरेकामा धन्यावाद दिइएको थियो।
‘टेक्नोब्लेड’ युट्युब च्यानमा १ करोड २० लाखभन्दा बढी सब्स्क्राइबर रहेका छन्। एलेक्सले स्याण्डबक्स भिडियो गेम खेलेको लाइभ गरेर चर्चा कमाएका थिए।
२०२१ को अगस्टमा उनले आफुलाई क्यान्सर भएको सार्वजनिक गरेका थिए। त्यसपछि उनको उपचारका लागि आर्थिक संकलन समेत गरिएको थियो।
जे च्लाट, क्याप्टेन पफी, टमी इनिट, लडविङ अग्रेन, क्वाक्सिटि र जेक लकी जस्ता चर्चित युट्युबरहरूले उनको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।