१८ असार, एजेन्सी । गुगलले ९ करोड डलर तिरेर कानुनी लडाइ अन्त्य गर्ने भएको छ। एप डेभलपरहरूसँगको कानुनी लडाइमा ९ करोड डलर तिर्ने भएको हो।
गुगलले एप डेभलपरहरूले एप निर्माण गरी प्रयोगकर्ताहरूलार्इ एप प्रयोग गर्ने बनाए बापतको पैसाबारे परेको मुद्दा साम्य पार्न उक्त रकम तिर्ने भएको हो।
एप डेभलपरहरूले सान फ्रान्सिस्कोको संघीय अदालतमा दायर गरेको मुद्दामा गुगलले स्मार्टफोन निर्माताहरूसँग सम्झौताहरू, प्राविधिक अवरोधहरू र आर्थिक साझेदारी सम्झौताहरू प्रयोग गरी एप इकोसिस्टमलाई प्रभावकारी रूपमा बन्द गर्न र गुगल प्ले बिलिङ प्रणाली मार्फत धेरै भुक्तानीहरू पूर्वनिर्धारित रूपमा बन्द गरेको आरोप लगाएका थिए।
ब्लगमार्फत गुगलले यस मुद्दा सल्टाउनका लागि सन् २०१६ देखि २०२१ सम्म २ मिलियन डलर वा सो भन्दा कम वार्षिक कमाइ गर्ने एप डेभलपरहरूलाई सहयोग गर्नका लागि ९ करोड डलरको कोष स्थापना गर्ने प्रस्ताव गरेको छ।
गुगल प्ले मार्फत पैसा कमाउने धेरैजसो अमेरिकी डेभलपरहरू यो कोषबाट पैसा प्राप्त गर्न योग्य हुने गुगले उल्लेख गरेको छ। गुगलले डेभलपरहरूलाई प्रत्येक वर्ष गुगल प्ले स्टोरबाट प्राप्त हुने पहिलो मिलियन कमाइमा १५ प्रतिशत कमिशन पनि लिने बताएको छ।
अदालतले प्रस्तावित सम्झौता अनुमोदन गरेमा गुगलको मुद्दा साम्य हुनेछ। गुगलको यस प्रस्तावबाट ४८ हजार एप डेभलपर पैसाका लागि योग्य हुनेछन्।
उनीहरूले कम्तिमा पनि २५० डलर पाउने रिपोर्टमा उल्लेख छ।