१८ असार, एजेन्सी । क्रिप्टोकरेन्सीको नाममा ठगी गर्ने महिला एफबिआइको वान्टेड लिस्टमा परेकी छिन्। नक्कली क्रिप्टोकरेन्सी बनाएर ४ विलियन डलर ठगी गरेको आरोपमा ‘क्रिप्टोक्वीन’को नामबाट परिचित महिला उक्त लिस्टमा परेकी हुन्।
उनी एफबिआइको वान्टेड लिस्टमध्येको अन्तिम १० भित्र परेकी छिन्। उनले १७५ देशका नागरिकहरूको अर्बाैँ रकम ठगी गरेको पाइएको छ।
सन् २०१९ मा बिबिसीमा एक पोडकास्ट प्रसारण भएपछि उनको चर्चा सुरू भएको थियो। उनको वास्तविक नामा रूजा इग्नाटोभा हो। उनी हराएको भन्दै बिबिसीले पोडकास्ट प्रसारण गरेको थियो।
उनको प्रमुख संलग्नतामा ‘वानक्वाइन’ नामक क्रिप्टोकरेन्सी बनाइ अरबाैँ रूपैयाँ ठगी गरेको आरोप उनीमाथि लागेको छ। उनी सन् २०१७ देखि बेपत्ता छिन्। उनको बारेमा सुचना दिनेलाई एफबिआइले १ लाख डलरको इनाम समेत घोषणा गरेको छ।
बुग्लेरियामा जन्मिएर जर्मनीमा बसेकी उनले फेसियल सर्जरी गरेर आफ्नो वास्तविक पहिचान लुकाएको हुनसक्ने एफबिआइको अनुमान छ।
४२ वर्षीया इग्नाटोभामाथि सन् २०१९ मा बुल्गेरियामा कार्यलय रहेको वानक्वाइन कम्पनी स्थापना गरी पिरामिड स्कीम चलाउँदै ठगी गरेको मुद्दा दर्ता भएको छ।