१२ मंसिर २०७९, सोमबार

Logo

राष्ट्रिय आविष्कार केन्द्रलाई ‘जनकल्याण प्रतिभा पुरस्कार’



१९ असार, काठमाडाैँ । यस वर्षको ‘जनकल्याण प्रतिभा पुरस्कार’ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । मथापाथली जनकल्याण परिवारको ३३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो पुरस्कार आविष्कारका अध्यक्ष महावीर पुनलाई प्रदान गरे । पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

त्यसैगरी रु २० हजार राशिको यस वर्षको ‘लीलाजङ्ग सिजापती जनकल्याण पुरस्कार’ समाजेवी भवानी कोइरालालाई प्रदान गरिएको छ । ‘युगनाथ जनकल्याण पुरस्कार’ मुस्कान सेवा नेपाललाई, ‘क्याप्टेन गोपालप्रसाद जनकल्याण पुरस्कार’ सङ्गीतकार रवि रानामगर र ‘स्व नन्दलाल जोशी जनकल्याण पुरस्कार’ समाजसेवी दिलबहादुर ओलीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु १५ हजार, रु १० हजार र रु सात हजार ५०० रहेको छ ।

समाजसेवी लाल तण्डुकारलाई रु पाँच हजार राशिसहित सम्मान गरिएको छ । जनकल्याणले विभिन्न विद्यालयमा अध्ययनरत करिब ३० विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्तिसमेत प्रदान गरेको छ । सोही अवसरमा मन्त्री रेग्मीले ज्येष्ठ नागरिकले आर्जन गरेको सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने र त्यसलाई नयाँ पुस्ताले सहजरूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालय सुधारको आवश्यकता औँल्याए ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन