२१ मंसिर २०७९, बुधबार

Logo

विमानभित्र अकस्मात धुँवा भरिएपछि भारतीय विमानको आकस्मिक अवतरण



१९ असार, एजेन्सी । शनिबार आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ ।

विमानमा रहेका सबै यात्रुहरूलाई विमानबाट सकुशल उद्धार गरिएको छ ।

“विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले ट्वीटरमार्फत जानकारी गराएको छ । केविनमा धुँवा भरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

विमानमा कति यात्रु थिए भन्नेबारे कम्पनीले जानकारी गराएको छैन तर विमान ‘सकुशल’ अवतरण गराइएको र यात्रुहरूलाई तत्काल अर्को उडानमार्फत् गन्तब्यमा पठाइएको उल्लेख गरिएको छ ।

यसै बर्षको जुनमा पनि भारतको पटनाबाट नयाँ दिल्लीका लागि १८५ यात्रुसहित उडेको स्पाइस जेटको विमानको इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरण गराई यात्रुहरूलाई सुरक्षित विमानबाट निकालिएको थियो ।

मे महिनामा भारतमा नै अर्को एक विमानको ‘सफ्टवेयरमा आक्रमण गर्ने’ प्रयास भएको भन्दै निम्न भाडादर भएको स्पाइसजेट कम्पनीका विमानहरूको उडान अवरूद्ध भएको र यसका कारण हजारौँ हवाई यात्रुहरू विमानस्थलमा अलपत्र पर्नु परेको थियो ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार