Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्न एउटा मात्रै पर्यो आवेदन

एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्न एउटा मात्रै पर्यो आवेदन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

२० असार, झापा । जिपिएस प्रविधि जडानका लागि जिल्लामा एउटा मात्र एम्बुलेन्सको निवेदन परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । जिपिएस प्रविधि जडानका लागि आवेदन दिनेमा नेपाल रेडक्रस सोसाइटीका कन्काई शाखाको प्रदेश नं. १–१०–००१ च ९२०१ नम्बरको एम्बुलेन्स मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । प्रशासनले जिपिएस जडान गर्न गत असार १४ गतेसम्म आवेदन दिनका लागि सूचना जारी गरेको थियो ।

सोही सूचनाका आधारमा रेडक्रस कन्काई शाखाको मात्र निवेदन परेको उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले ग्लोबल फण्डको सहयोगमा एम्बुलेन्समा जिपिएस जडान गर्ने योजना रहेकाले सम्बिन्धत जिल्लामा सेवा पुर्याइरहेका एम्बुलेन्सलाई मापदण्ड दिँदै आवेदनका लागि जिल्लामा सूचना जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो ।

जिपिएस जडानका लागि आवेदन दिन ‘क’ वा ‘ख’ वर्गको एम्बुलेन्स हुनुपर्ने, स्वास्थ्यचौकी, अस्पताल वा स्वास्थ्यसँग सम्बन्धित संस्था हुनुपर्ने, एम्बुलेन्स चालकले ‘वीइएमटी’ मान्यता प्राप्त तालिम लिएको हुनुपर्ने, एम्बुलेन्स सञ्चालन अनुमति लिएको, नवीकरण भइरहेको, ‘फोर डी’ भएकोलगायतको मापदण्ड बनाइएको थियो ।

नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार जिल्लामा हाल १२७ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालनमा छन् । तर जिल्लामा सञ्चालित एम्बुलेन्स सबै नै ‘ग’ वर्गका रहेको हुँदा निवेदन नपरेको हुनसक्ने सोसाइटी झापा कार्यालयका अधिकृत हरिशरण खड्काले जानकारी दिए ।

जीपीएस प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा सजिलै जानकारी प्राप्त हुने, एम्बुलेन्सका चालकले यात्रु बोकेको वा गैरकानुनी काम गरेको अवस्थामा थाहा लाग्ने आदि कारणले महत्वपूर्ण हुने उनको भनाइ छ । उनले रेडक्रसद्वारा सञ्चालित एम्बुलेन्स ‘अपग्रेट’ गराएर ‘ख’ वर्गको बनाउने तयारी गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?