२० असार, काठमाडाैँ । सनराइज बैंकले एटिएम कार्डमा फोटो राख्न सक्ने व्यवस्था गरेको छ। बैंकको एटीएममा ग्राकहरूले आफ्नै फोटो राख्न पाउने भएका छन्।
सनराइज बैंकले कस्टमाइज्ड फोटो कार्डको सुरुवात गरेको जानकारी दिएको छ।
२०१० की सीएनएन हिरो र २०१७ को पद्मश्री पुरस्कार विजेता अनुराधा कोइरालालाई पहिलो कस्टमाइज्ड कार्ड उपलब्ध गराएर बैंकले कस्टमाइज्ड कार्डको सुरूवात गरेको हो।
माइती नेपालको कार्यालयमै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले कोइरालालाई कार्ड हस्तान्तरण गरेका छन्।