२० असार, एजेन्सी । युकेका सांसदहरूले चिनियाँ कम्पनीद्वारा निर्मित सिसिटिभी क्यामेराको बिक्री तथा प्रयोगमा बन्द गर्नु पर्ने माग राखेका छन्। युकेका ६७ जना सांसदहरूको समुहले चीनको हाइकभिजन र दाहुआद्वारा निर्मित क्यामेरामाथि प्रतिबन्ध लगाउनु पर्ने माग राखेका हुन्।
चीनमा यी दुइ कम्पनीहरू मानव अधिकार विरोधी काममा संलग्न भएका कारण प्रतिबन्ध लगाउनु पर्ने माग राखेका हुन्।
बिग ब्रदर वाचले गरेको एक अध्ययनले युकेका धेरै ठाउँहरूमा ती २ कम्पनीका सिसिटिभी क्यामेरा प्रयोग भएको पाइएको छ। उक्त अध्ययनका अनुसार ७३ प्रतिशत युकेका काउन्सिल, ५७ प्रतिशत स्कुल र विश्वविद्यालयहरूमा ती कम्पनीका क्यामेराहरू प्रयोग भएको पाइएको छ।
सिभिल लिबर्टीज ग्रुपका अनुसार अधिकांश सरकारी विभाग, होम अफिस, बिजनेस हाउस तथा उर्जा क्षेत्रका भव बाहिर हाइकभिजनका क्यामेराहरू देख्न सकिन्छ।