२१ असार, एजेन्सी ।भारतमा जुलाइ ८ तारिखमा ओप्पोको नयाँ मोबाइल लन्च हुने भएको छ। मंगलबार ओप्पोले भारतमा जुलाइ ८ को दिन ओप्पो रेनो ८ सिरिज लन्च हुने जानकारी दिएको हो।
ओप्पोले रेनो ८ प्रो र रेनो ८ सार्वजनिक गर्ने भएको हो। यी दुइ फोन उत्कृष्ट डिजाइनामा सार्वजनिक हुने बताइएको छ।
चिनियाँ कम्पनीले ओप्पोले चीनमा मे महिनामा नै यी रेनो ८ सिरिज सार्वजनिक गरेको थियो। त्यसैगरी, भारतीय बजारमा ओप्पोले रेनो ८ सिरिजसँगै ट्याबलेट प्याड एयर पनि सार्वजनिक गर्ने बताइएको छ।
भारतमा ओप्पोको रेनो ८ सिरिज सार्वजनिक हुने भएपछि अनलाइन स्टोरहरूले प्रमोसन गर्न सुरू गरिसकेका छन्।
भारतमा ओप्पोको रेनो ८ सिरिजको अनुमानित मूल्य मात्रै सार्वजनिक भएको छ। जस अनुसार रेनो ८ प्रोको मूल्य ४५ हजार भारूको आसपास हुने अनुमान छ। त्यसैगरी, रेनो ८ को मूल्य भने ३० देखि ३३ हजार भारूको बिचमा रहने अनुमान छ।
ओप्पोको रेनो ८ सिरिज ८ जिबी र्याम तथा १२८ जिबी मेमेरो, ८ जिबी र्याममा २५६ जिबी मेमोरी र १२ जिबी र्याममा २५६ जिबी मेमोरीका साथ उपलब्ध हुनेछ।