९ चैत्र २०७९, बिहीबार

१ अरब चिनियाँ नागरिकको व्यक्तिगत विवरण चोरेर ह्याकरले बिक्रीका लागि राखे



२१ असार, एजेन्सी । एक ह्याकरले सांघाई प्रहरीको डाटाबेसबाट १ अर्ब चिनियाँ नागरिकको व्यक्तिगत जानकारी चोरेको दाबी गरेका छन्। यदि यो दाबी साँचो साबित भयो भने इतिहासको सबैभन्दा ठूलो डाटा चोरी मध्ये एक हुनेछ।

यस्तो दाबी गर्ने व्यक्तिले आफ्नो परिचय खुलाएका छैनन्। उनी ‘ChinaDan’को नामबाट परिचित छन्। उनले ह्याकर फोरममा २३ टेराबाइट डाटा १० वटा विटक्वाइनमा बिक्रीका लागि राखेका छन्।

बिटक्वाइनको अहिलेको मूल्य अनुसार उक्त डाटाको खरीद मूल्य २ लाख अमेरिकी डलर पर्नेछ।

‘२०२२ मा सांघाइ नेसनल पुलिसको(SHGA) डाटाबेस लीक भएको थियो। यस डाटाबेसमा अरबौं चिनियाँ नागरिकहरूको धेरै ठूलो डाटा र जानकारी समावेश छ।’ ह्याकरले गरेको पोस्टमा भनिएको छ।

डाटाबेसमा १ अर्ब चिनियाँ नागरिक र धेरै अरब केस रेकर्डहरू समावेश छन्। जसमा नाम, ठेगाना, जन्मस्थान, राष्ट्रिय परिचयपत्र नम्बर, मोबाइल नम्बर लगायत सबै अपराध/केस विवरणहरू समावेश छन्।

ह्याकरको पहिचान खुल्न सकेको छैन । चीनका अधिकारीहरूले अहिलेसम्म यो डाटा ह्याकबारे प्रतिक्रिया दिएका छैनन्।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः