२१ असार, काठमाडाैँ । युट्युबमा अश्लिल शिर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गर्ने व्यक्ति पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले नुवाकोट घर भइ काठमाडाैँ बस्ने प्रवेश लामालाई सोमबार पक्राउ गरेको हो। ब्युरोले काठमाडाैँ जिल्ला अदालतबाट ५ दिन म्याद थपि उनिमाथि अनुसन्धान गरिरहेको छ।
उनले युट्युब लगायत सामाजिक सञ्जालमा अश्लिलता फैलाउने किसिमका भिडियोहरू पोस्ट गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको ब्युरोले विज्ञप्तीमार्फत जानकारी दिएको ।
पक्राउ परेका लामाले 4 Reat TV नामक युट्युब च्यानल सञ्चालन गरिरहेका छन्।