२२ असार, एजेन्सी। ट्वीटरले सामग्री हटाउने सरकारी आदेशको विरुद्ध भारतमा कानुनी चुनौती खडा गरेको छ।
बिबिसीको एक रिपोर्ट अनुसार चर्चित सामाजिक सञ्जालले कर्नाटक राज्यको उच्च अदालतमा सरकारले दिएको धेरै आदेशहरूको विरोध गर्दै याचिका दायर गरेको छ।
ट्विटरले जुनमा सरकारको पत्रमार्फत आदेशहरूको पालना नगर्दा गम्भीर परिणामहरूको सामना गर्नु पर्ने चेतावनीविरूद्ध अदालतमा गएको हो।
भारतमा ट्वीटरका करीब २ करोड ४० लाख प्रयोग कर्ताहरू रहेका छन्।
ट्वीटरले अदालतमा रिट दायर गरेसँगै संघीयमन्त्री राजीव चन्द्रशेखरले भारतमा चल्ने सबै इन्टरनेट प्लेटफर्महरूले भारतको कानुनको पालना गर्नुपर्ने भन्दै ट्वीट गरेका छन्।
भारत सरकारले राष्ट्रिय सुरक्षामा चुनाैति दिने खालका सामग्रीहरू हटाउन ट्वीटरलाई निर्देशन दिएको थियो। सरकारको उक्त निर्देशनप्रति असन्तुष्टि जनाउँदै ट्वीटर अदालत गएको हो।