२३ असार, काठमाडाैँ । काठमाडाैँमा साझा यातायातका विद्युतीय बसहरू सञ्चालन भएका छन्। बिहीबारदेखि साझा यातायातले तीनवटा विद्युतीय बस सञ्चालन गरेको हो।
त्यस्तै, साझाले काठमाडाैँमा सञ्चालन गर्ने विद्युतीय बसहरू महिलाहरूले चलाउने भएका छन्। त्यसैगरी, ती बसहरूमा सहचालक पनि महिला नै हुनेछन्।
साझा सहकारी संस्थाले बसका लागि चार जना महिना चालक र पाँच जना महिला सह चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिन थालेको छ।
साझाले पहिलो चरणमा ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। साझाका लागि चीनको कारखाना विद्युतीय बसहरू निर्माण भइरहेका छन्।